News

‘आ बाट आमा २’मा पनि आमा-छोरा बन्दै विपना र पल

Screenshot 2026 03 23 182351
Screenshot 2026 03 23 182351

फिल्म ‘आ बाट आमा २’को मुख्य कलाकारमा अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुवन्धित भएका छन्। सोमबार फिल्मका निर्देशक चन्द्र पन्तले दुवै कलाकार फिल्मका लागि अनुबन्ध गरेका हुन्।

हलमा चलिरहेको फिल्म ‘आ बाट आमा’मा विपना थापा आमा र पल छोराको भूमिकामा छन्। सोही कथालाई निरन्तरता र केहि फरकपन सहित निर्माण पक्षले विपना र पललाई अनुबन्ध गरेको जानकारी दिएको हो। अघिल्लो फिल्मका अभिनेत्रीद्धय उषा उप्रेती,सिम्रन पन्तलाई निर्माण पक्षले निरन्तरता दिने बारे केहि खुलाएको छैन।

उनका अनुसार यो फिल्म आगामी नयाँ वर्ष अर्थात बैशाखबाट छायांकनमा जाने छ। साथै निर्माण पक्षले फिल्मलाई आउँदो वर्षकै दशैंमा रिलिज गर्ने तयारीमा छ। निर्देशक चन्द्र पन्तले बैशाखमा फिल्मको छायांकन गरेर दशैंका लागि प्रदर्शनका लागि तयार पार्ने बताए।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments