Todays Date: २०८३ बैशाख १०

‘चिरञ्जीवी भवः’मा भित्रिए आशीर्वाद, प्रशंसासँग जोडी बाँधिने

Ashirwad B Chhetri

कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ को नयाँ फिल्म ‘चिरञ्जीवी भवः’ मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन् । निर्माण पक्षले बुधबार आशीर्वादलाई फिल्मको मुख्य भूमिकाका लागि भित्र्याएको हो । यसअघि फिल्ममा मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी यसै फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गर्ने घोषणा भइसकेको छ ।

दुई पुस्ता (हजुरबुबा र नाती)बीचको वैचारिक मतभिन्नता र भावनात्मक सम्बन्धको कथामा बन्न लागेको यस फिल्ममा आशीर्वादको जोडी प्रशंसासँग बाँधिनेछ ।

फिल्मको औपचारिक घोषणा गत मंगलबार नयाँ वर्ष २०८३ को अवसर पारेर गरिएको थियो । दीपकप्रसाद आचार्यको निर्देशन रहने यस फिल्मको कथा कुमार कट्टेलले तयार पारेका हुन् । फिल्मको लेखनमा सविन अधिकारी र बसन्त न्यौपाने रहेका छन् ।

फिल्मले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ । उमेशकुमार बराल निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा कुमार कट्टेल र शैलेश खत्री छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x