
कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको फिल्म ‘कमला मिस’ आगामी साउन २२ गते रिलिज हुने भएको छ । बिहीबार वितरक कम्पनीहरू एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीसँग सम्झौता गर्दै रिलिज मिति बुक गरिएको हो ।
मनोवैज्ञानिक कथावस्तुमा आधारित यस फिल्ममा निर्देशक निर शाह, रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको यस फिल्मका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् भने लाइन प्रोड्युसर पुष्कर लामा रहेका छन् । फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलाल ले संयुक्त रूपमा तयार पारेका छन् ।
फिल्ममा शिवराम श्रेष्ठ को छायांकन, युग भुसाल को संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापन भोला सुबेदी ले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा हुन् ।