Todays Date: २०८३ बैशाख ११

‘लालीबजार’ का लागि प्रकाश सपूतले तयार गरे ‘मै राम्री छु त नी’

image 3

आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को तेस्रो गीत ‘मै राम्री छु त नी’ को सानो अंश सार्वजनिक गरिएको छ । निर्माण कम्पनि षट्कोण आर्ट्सकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा दीपिका बयम्बू मगरले स्वर दिएकी छिन् भने कोरस भोकल रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको रहेको छ । गीतमा प्रकाश सपूतको शब्द र सङ्गीत रहेको छ ।

सार्वजनिक गीतमा फिल्मकी मुख्यपात्र स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, मुकुन्द श्रेष्ठ, जानकी कडायत लगायत फिचर्ड छन् । गीतलाई प्रदीप लामाले कोरियोग्राफ गरेका हुन् । गीतमा नारी सुन्दरताको बयान गरिएको छ । गीतको केन्द्रमा स्वस्तिमा छिन् । गीतलाई टिकटक, फेसबुक रील्स, युट्युब शटसमा प्रयोग गर्न थालिएको छ ।

गीतको फुल भर्सन भने फिल्मसँगै आगामी वैशाख १८ देखि थियटरमा हेर्न पाइने निर्माण पक्षले जनाएको छ । यस्तै, गत वैशाख ४ गते सार्वजनिक गरिएको नेपाली फिल्म ‘लालीबजार’ को ट्रेलरलाई दर्शकलाई दर्शकले रुचाएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्तासँगै सेलिब्रेटीले समेत ट्रेलर र विषयवस्तुको प्रसंशा गरिरहेका छन् । षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ को ट्रेलर सार्वजनिक भएदेखि नै युट्युबको ट्रेन्डिङ चार्टमा प्रवेश गर्न सफल भएको थियो ।

हाल ट्रेलर मुभी चार्टतर्फ नम्बर २ मा रहेको छ । स्वस्तिमासँगै ट्रेलरमा देखिएका रवीन्द्र सिंह बानियाँ, बालकलाकार समाइरा थापासँगै डेब्यु कलाकारद्वय प्रशंसा सुवेदी र विशाल देवकोटाको कामलाई पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । फिल्म आमा छोरीको कथामा आधारित छ भने बादी समुदायमा चलेको नाथिया जस्तो कु-प्रथालाई ट्रेलरमा देखाइएको छ ।

छोरी रक्षाका लागि आमाले गर्ने सङ्घर्षलाई फिल्म ‘लालीबजार’ को ट्रेलरमा देखाईएको छ । फिल्ममा स्वस्तिमा आमाको भूमिकामा छिन् । निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आर्ट्सले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेका छन् । यद्यपि आगामी फिल्म ‘लालीबजार’ मा निर्देशक प्रदीप भट्टराईले निर्देशनको जिम्मा यम थापालाई दिएका छन् ।

निर्देशक थापाले ‘रज्जा रानी’, ‘हुर्रे’, ‘मेरी मामु’ जस्ता विषयप्रधान फिल्मको निर्देशन गरिसकेका छन् भने ‘कोहिनूर’, ‘अञ्जिला’, ‘परान’ लगायतका फिल्मको पटकथामा काम गरिसकेका छन् । कथाकै छलफलका क्रम निर्देशक थापासँग षट्कोण आर्ट्सको सहकार्य भएको थियो ।

फिल्मको पटकथा लगभग फाइनल भएपछि छायांकनस्थल भिजिटका क्रममा निर्देशक भट्टराईले नै फिल्मको नाम ’लालीबजार’ राख्न प्रस्ताव गरे, जसमा सबै सहमत भए । निर्देशक थापाले आमाछोरीको कथामा फिल्म तयार भएको बताए ।

फिल्मको सार्वजनिक पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ र दोस्रो गीत ‘मिठो संसार’ दर्शकले रुचाएका छन् । दुवै गीत युट्युबसँगै टिकटक, रील्स र शटसमा लोकप्रिय भइसकेका छन् । फिल्म ‘लालीबजार’ को प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरमा अभिनेता र निर्देशकको रुपमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्मको ट्रेलर षट्कोण आर्ट्सकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् । फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट), मिडिया संयोजक सिपी जैशी, कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x