Todays Date: २०८३ जेष्ठ ११

निर्देशक समाजको अध्यक्षमा अरुण र महासचिवमा समुन्द्र विजयी

700970554 1690844088608379 3802139804798681683 n

नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुण कुमार प्रधान निर्वाचित भएका छन् । मंगलबार काठमाडौंमा भएको समाजको १८औं वार्षिक साधारण सभा तथा महाधिवेशनमा उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी जनकदीप पराजुलीलाई ६३ मतले पछि पार्दै जित निकालेका हुन् । उनले १०९ मत प्राप्त गर्दा निवर्तमान अध्यक्ष समेत रहेका जनक ४६ मतमा सीमित भए ।

त्यस्तै, दुई उपाध्यक्ष पदमा सुवास गजुरेल र दीपक वली विजयी भएका छन् । सुवासले ९५ मत ल्याउँदा दीपकले ७१ मत प्राप्त गरे । महासचिवमा भने समुन्द्र भट्ट १०६ मतका साथ विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कमल एक्चै मगरले ४७ मत पाए । सचिव पदमा राजबहादुर साने ८० मतसहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी दिनेश लिङ्देनले २८ मत प्राप्त गरे ।

यसैगरी, कोषाध्यक्षमा जनक खड्का निर्विरोध निर्वाचित हुँदा सह-कोषाध्यक्षमा उत्सव केसी विजयी भए । उनले ६६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी अमृतमान महर्जनले ४४ मत प्राप्त गरे । सोही पदमा भीषण राई पनि प्रतिस्पर्धी थिए । उनले ४२ मत ल्याए । निर्देशक समाजको पदाधिकारीमा निर्वाचित भएका अधिकांश अरुण प्यानलका हुन् ।

६ जना सदस्यमा भने लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमरदीप सापकोटा, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बू निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ । यो संस्था निर्देशकको हकहित तथा पेशागत सुरक्षाका लागि २०५७ सालमा स्थापना भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x