Todays Date: २०८३ जेष्ठ १२

हरिवंशले सकाए ‘पाँच पाण्डव’को छायांकन, रिलिज तिहारमा

image 12

फिल्म ‘पाँच पाण्डव’को छायांकन सकिएको छ । ६६ दिनमा फिल्मको छायांकन सकिएको हो । फिल्मको छायांकनको प्याकअपमा इन्डक्ल्याप लेखिएको केक काटेर निर्माण टिमले सेलिब्रेट गरेको थियो ।

‘चैत २ गतेबाट सुरु भएको फिल्मको छायांकन हामीले ६६ दिन लगाएर सक्यौँ,’ निर्देशक वसन्त निरौलाले भने, ‘यो फिल्मको छायांकनमा हामीले कुनै पनि कम्प्रमाइज गरेका छैनौँ, जुन फिल्ममा पनि देखिनेछ ।’ फिल्म काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरीलगायतको अभिनय छ ।

फिल्मका लेखक सुशील पौडेलले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिने बताए । प्रस्तुतकर्ता नवीन श्रेष्ठले यसअघि गतवर्ष फिल्म ‘लाज शरणम्’ निर्माण गरेका थिए ।

फिल्मको निर्मातामा काली रानी श्रेष्ठ छिन् । फिल्मको अधिकांश दृश्यहरू झापामा खिचिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x