Todays Date: २०८३ जेष्ठ १२

‘गंगा रानी’मा वर्षा रानीको भूमिकामा देखिने

image 14

२०८१ सालमा ‘बुलाकी’बाट लेखन विधामा राष्ट्रिय अवार्ड जितेका राजबहादुर सानेको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘गंगा रानी’मा मुख्य अभिनेत्रीको टुंगो लागेको छ । मंगलबार निर्माताले अभिनेत्री वर्षा सिवाकोटीलाई फिल्ममा अनुबन्धित गरेका हुन् । यस फिल्ममा वर्षा रानी पात्रको भूमिकामा देखिने जनाइएको छ ।

कमलप्रसाद शर्मा निर्माता रहेको फिल्ममा वर्षा अनुबन्ध भएसँगै अन्य भूमिकाका लागि कास्टिङ कलको आह्वान गरिएको छ । मुख्य पात्रका लागि २० देखि ४० वर्ष उमेरका चार पुरुष र १८ देखि ३५ वर्ष उमेरका चार महिला अडिसनमार्फत छनोट गरिने निर्माता शर्माले जानकारी दिए । उनका अनुसार इच्छुकले अभिनयका भिडियो र सिकेका प्रमाणहरू पठाउन सक्नेछन् ।

आहा फिल्म्सको प्रस्तुतिमा बन्ने यस फिल्मको छायांकन भदौ दोस्रो साताबाट सुरु हुने जनाइएको छ । फिल्मले धनाड्य युवती र संगीत क्षेत्रमा संघर्षरत युवकबीचको मर्मस्पर्शी प्रेमकथा प्रस्तुत गर्नेछ । निर्देशक सानेका अनुसार दर्शकले नेपाली फिल्ममा हेर्दै आएको प्रेमकथाभन्दा ‘गंगा रानी’मा फरक पाउने दाबी गरेका छन् ।

निर्देशक सानेले यसअघि आधा दर्जनभन्दा बढी फिल्मको निर्देशन गरिसकेका छन् । ‘पाठशाला’बाट निर्देशकीय यात्रा सुरु गरेका उनको पछिल्लो रिलिज फिल्म ‘सिटामोल’ हो । ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘वीरांगना’, ‘डोली’, ‘गुड फ्रेन्ड’ र ‘सिल्ली फो’ जस्ता फिल्म समेत बनाइसकेका उनको नयाँ फिल्म ‘लज्जावती’ प्रदर्शनको पर्खाइमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x