Todays Date: २०८३ जेष्ठ २३

‘मितज्यू’ र ‘काजी’ कसले कति कमाए ?

image

जेठ १ गते एकसाथ रिलिज फिल्म ‘मितज्यू’ र ‘काजी’ को बक्स अफिस विवरण सार्वजनिक भएको छ।

चलचित्र विकास बोर्डले यी फिल्मको ग्रस कमाइ विवरण पहिलोपटक सार्वजनिक गरेको हो।

बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार अनिल बुढामगर निर्देशित ‘मितज्यू’ ले गत शनिबारसम्म सिनेपाः बक्सअफिसमा १ करोड २० लाख ५९ हजार ८२ रूपैयाँ ग्रस कमाइ गरेको छ।

९ दिनको अवधिमा फिल्मले उक्त कमाइ गर्दा ४१ हजार २४८ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ।

त्यस्तै, लक्ष्मण रिजाल निर्देशित ‘काजी’ ले सोही अवधिमा ४० लाख ८८ हजार १७५ रूपैयाँ ग्रस कमाएको छ। उक्त कमाइ हुँदा फिल्मको १३ हजार ७ वटा टिकट बिक्री भएको उल्लेख छ।

‘मितज्यू’ र ‘काजी’ जेठ ८ गतेदेखि प्रदर्शनमा आएका हुन्।

‘मितज्यू’ मा दयाहाङ राई, सौगात मल्ल र टेरिया मगर मुख्य अभिनयमा छन्। टेरियाले यसै फिल्ममार्फत अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। यस फिल्मको निर्माता जनक घर्ती मगर हुन्।

त्यस्तै, ‘काजी’ मा विपिन काकी, केकी अधिकारी, गरिमा शर्मा लगायतको शीर्ष अभिनय छ। यो फिल्मको निर्माता रामप्रसाद रिजाल, नेहान रिजाल र विकास राज जोशी हुन्।

दुवै फिल्म दोस्रो सातामा प्रदर्शनरत छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x