‘मन विनाको धन २’मा विपिनको इन्ट्री

WhatsApp Image 2026 07 01 at 12.37.31

चाँडै छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘मन बिनाको धन २’मा अभिनेता विपिन कार्कीको प्रवेश भएको छ।

पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका अभिनेता कार्कीलाई फिल्मको निर्माण टिमले हालै अनुबन्ध गरेको हो । यद्यपि, फिल्ममा विपिनले निर्वाह गर्ने भूमिकाबारे निर्माण टिमले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा टंक बुढाथोकीको कथा तथा निर्देशन रहनेछ । शिवम् अधिकारीले पटकथा तथा संवाद लेखेका छन् । अहिले फिल्मको प्रि-प्रोडक्सनको काम तीव्र गतिमा भइरहेको निर्माण पक्षले जनाएको छ ।

यसअघि नै फिल्मका लागि अभिनेत्री पूजा शर्मा, अभिनेता महेश त्रिपाठी तथा कलाकार सरोज खनाल र किरण केसी अनुबन्धित भइसकेका छन् ।

‘मन बिनाको धन २’मार्फत विपिन र पूजा पहिलो पटक एकसाथ पर्दामा देखिन लागेका हुन् ।

सामाजिक कथावस्तुमा निर्माण हुन लागेको यस फिल्ममा विपिनको प्रवेशपछि निर्देशक टंक बुढाथोकी उत्साहित देखिएका छन् ।

उनले भने, ‘हामीले केही सातादेखि विपिनजीसँग निरन्तर कुराकानी गरिरहेका थियौं। उहाँ कथावस्तुप्रति निकै उत्साहित हुनुभयो। दर्शकले उहाँलाई यस फिल्ममा नयाँ अवतारमा देख्न पाउनुहुनेछ ।’

गत वर्ष प्रदर्शनमा आएको ‘मन बिनाको धन’ले बक्स अफिसमा करिब ४ करोड रूपैयाँ ग्रस कलेक्सन गरेको थियो ।

पहिलो श्रृंखलाको सफलताबाट उत्साहित निर्माता तथा निर्देशक बुढाथोकीले ‘मन बिनाको धन २’लाई अझै सशक्त र भव्य बनाउने तयारी गरेको बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x