News

‘साम्राज्य’मा सौगातपछि दयाहाङ अनुबन्धित

DAYA.jpg
DAYA.jpg

निर्देशक सौरभ चौधरीको आगामी फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा अनुबन्धित भएका छन्। यसअघि अभिनेता सौगात मल्ललाई अनुबन्ध गरिसकेको निर्माण टिमले अब दयाहाङलाई पनि फिल्ममा भित्र्याएको हो।

सौगातपछि दयाहाङको प्रवेशसँगै ‘लुट’बाट चर्चित बनेको लोकप्रिय जोडी फेरि एउटै फिल्ममा देखिने भएको छ। नेपाली फिल्ममा दयाहाङ-सौगातको जोडीलाई दर्शकले विशेष रूचाउने गरेका छन्। यी दुईले थुप्रै फिल्ममा सहकार्य गरिसकेका छन्।

निर्देशक सौरभले अझै केही महत्वपूर्ण कलाकारको नाम सार्वजनिक गर्न बाँकी रहेको बताएका छन्।

‘हालसम्म सौगात र दयाहाङलाई अनुबन्ध गरिसकेका छौं। उहाँहरूसँगै अझै केही सरप्राइजिङ नाम बाँकी छन्,’ उनले भने, ‘फिल्मलाई स्तरीय र प्रतिक्षित बनाउन हामी कुनै कसर बाँकी राख्ने छैनौं।’

दयाहाङसँग सौरभले पहिलो पटक सँगै काम गर्न लागेका हुन्। उनका अनुसार यस फिल्ममा दयाहाङ फरक भूमिकामा देखिनेछन्। सौगातसँग भने सौरभले यसअघि फिल्म ‘अगस्त्य’ मा सहकार्य गरिसकेका छन्।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने ‘द राइज अफ साम्राज्य’ एपिक एक्सन ड्रामा हुने निर्देशक सौरभले बताएका छन्। यो फिल्मको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका हुन्।

निर्देशक सौरभ यसपटक अघिल्ला फिल्मभन्दा ठूलो क्यानभासमा काम गर्ने तयारीमा छन्।

फिल्मको छायांकन आगामी भदौ पहिलो साताबाट सुरू हुने जनाइएको छ। फिल्मको छायांकन तालिका ७० दिनको तय गरिएको छ भने अधिकांश भाग पूर्वी नेपालमा खिचिने सौरभले बताए।

फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन्। सह-निर्मातामा विश्वास बस्नेत (बेन) तथा कार्यकारी निर्मातामा शंकर पाण्डे छन्। मानकृष्ण महर्जन डीओपी, श्री श्रेष्ठ एक्सन निर्देशक, ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर छन्।

फिल्मको वितरक डीसीएन रहेको छ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments