News

बाढीपीडितलाई सहयोग गर्न नेपाल आए सोनू सूद

image 1

भारतीय अभिनेता सोनु सूद नेपाल आइपुगेका छन्। नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री लिएर उनी मंगलबार काठमाडौं आइपुगेका हुन्।

सोनु सूद मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

भदौ १० गते बुधबार तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको समाचार सार्वजनिक भएलगत्तै अभिनेता सूदले दुःख व्यक्त गरेका थिए।

बाढीले नेपालमा ठूलो क्षति पुर्‍याएपछि सोनूले सामाजिक सञ्जालमार्फत आफू बाढी प्रभावितलाई सहयोग गर्न नेपाल आउने बताएका थिए । उनले भनेका थिए, ‘नेपाल तिमी एक्लो छैनौ । हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक साथ र सहयोग लिएर आउँदैछौं ।’

उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौ। हामी खाना, आश्रय र पुनर्निर्माणमा सहयोग गर्ने शक्ति लिएर आउँदैछौं।’

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments