Todays Date: २०८३ बैशाख १०

‘उपहार’को ‘मुटुको चार कुना’मा रेखा, पुजा र बेनिशाको छमछमी

फाल्गुन २५ बाट प्रदर्शनमा आउने अभिनेत्री रेखा थापाको फिल्म ‘उपहार’को दोस्रो गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिशा हमाल, शिशिर राणा, निर्मल शर्मा, कुमार पौड्याल, राजाराम पौड्याल, किरण केसी र रामचन्द्र अधिकारिले ठुमका लगाएका छन्। डान्सिङ नम्बर गीतमा कविराज गहतराजको कोरीयोग्राफ रहेको छ।

‘मुटुको चार आना’ बोलको गीतमा गायिका समीक्षा अधिकारी र महेन्द्र बि.कको श्वर सुन्न सकिन्छ। ठूलो व्यानरको फिल्मका लागि गीत गाउन पाउदा आफू निकै हर्षित भएको समीक्षाले बताएकी छन्। उनी भन्छिन्, ‘रेखा थापाको लागि श्वर भर्न पाउछु भनेर सोचेको पनि थीइन । तर, जीवनमा नसोचेकै कुरा हुँदो रहेछ।’

गायक महेन्द्र पनि आफ्नो करिअरको सुरुवातमै ठूलो व्यानरको फिल्मको लागि गीत गाउदा मख्ख छन्। महेन्द्र नेपाल आइडल, दि भ्वाइस अफ नेपाल, भ्वाइस अफ युनिभर्स जस्ता रियालिटी शो मा शहभागी भएर आफूलाई अगाडी बढाइरहेका छन्। गीतमा मुक्त उदासको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, तेज गिरि, समर्पण जंग कार्की लगायतका कलाकारको अभिनय रहेको छ। विष्णु कल्पितले छायांकन गरेको फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरिरहेका छन् । सुलक्षण भारतीको कथा रहेको फिल्ममा सुलक्षण संगै अभिमन्यु नीरवी, माधव शर्माले स्क्रीनप्ले र डायलग लेखेका हुन्।

रेखा फिल्म्स र कपनगढी फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा सुलभ प्रतिक र समिक्षा देउजा निर्माताको रुपमा छन् भने बलराम शाही ठकुरी फिल्मको कार्यकारी निर्माता हुन्। फिल्ममा अनुपम गौतमको भीएफएक्स रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x