Todays Date: २०८३ जेष्ठ २७

‘हात्तीछाप’को ट्रेलरमा कमेडी, मित्रता र प्रेमको कथा

daya and saugat

माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक गरिएको छ ।

किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्मको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान दिइएको छ ।

यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोला लगायतका कलाकारको अभिनय छ ।

प्रदीप भारद्धाजको लेखनमा तयार भएको फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, देव महर्जनको एक्सन, आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

फिल्मका प्रोडक्शन हेड सुरज आचार्य हुन् । पुष्कर गुरुङ, अमला देवी राई र जय श्रेष्ठ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । रेड बर्ड प्रोडक्शनको व्यानरमा यो फिल्म निर्माण भएको हो ।

फिल्मको ट्रेलरले दर्शकहरुप्रति झनै उत्साह थप्ने निश्चित छ । फिल्मको ट्रेलरमा भुकम्पको कथादेखि राजनीतिक कथालाई समेत जोडिएको छ । यस्तै, नायक सौगात मल्लको ‘बोत्तल राजा’को गेटअपले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने देखिन्छ । निरन्तर रुपमा सुस्ताएको नेपाली फिल्मको बजारलाई यो फिल्मले गर्माउने विश्वास गरिएको छ ।

यो फिल्मका प्रस्तुतकर्ता किरणले दया, सौगात र उपासनालाई नै लिएर फिल्म ‘२ नम्बरी’ बनाएका थिए । जुन, बक्स अफिसमा सुपरहिट भएको थियो । फिल्म ‘हात्तीछाप’ले पनि बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा फिल्मकर्मी र दर्शकको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x