Todays Date: २०८३ जेष्ठ १२

‘फर्की फर्की’मा अनमोल–जसिताको रोमान्स नै रोमान्स

anmo

नायक अनमोल केसी र नायिका जसिता गुरुङको रोमान्सका थुप्रै दृश्यहरु समावेश भएको फिल्म ‘फर्की फर्की’को काठमाडौं र पोखराको छायांकन सकिएको छ ।

महँगो बजेटमा तयार भइरहेको यस फिल्मका निर्माता रोहित अधिकारीका अनुसार अब गीत खिच्नका लागि इन्डोनेसियाको बाली र खप्तड जाने तयारी गरिएको हो ।

फिल्ममा अनमोल केसी र जसिता गुरुङका अलावा नव–कलाकारद्धय रवि काफ्ले र सम्बृद्धि अर्यालले पनि उत्कृष्ट काम गरेको निर्माता अधिकारी बताउँछन्। सुयोग गुरुङको कथा तथा निर्देशनमा तयार भएको यो फिल्मलाई जेठको १० गते बुद्ध जयन्तीका दिनदेखि रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ ।

मनोज ओली र राम न्यौपाने सह–निर्माताको रुपमा रहेको यो फिल्मको लागि रोहित र उनको टिमले महँगो रकम खर्च गरिसकेको छ । फिल्मलाई उत्कृष्ट र फरक बनाउन कुनै पनि कसर बाँकी नराखिएको निर्माणपक्षले बताएको छ । फिल्मका छायांकार नरेन्द्र मैनाली हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x