News

एक्सनले भरिएको ‘अगस्त्य’ ट्रेलरमा बदलाको कथा, सौगातको फरक अवतार

agastey

सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य : च्याप्टर-१’को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार आयोजित एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले फिल्म बदलाको कथामा आधारित रहेको देखाएको छ ।

ट्रेलरमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, प्रमोद अग्रहरि, रविन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्काले स्थान पाएका छन् । नेपाल र भारतमा छायाँकन गरिएको फिल्मले टिजर सार्वजनिक भएयता चर्चा बटुलिरहेको छ। धेरैले सौगातको गेटअपलाई मनपराएका छन्।

फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्मको ट्रेलर एउटा पार्टमा अभिनेताद्वय सौगात मल्ल र नाजिर हुसेनबीचको मित्रता देखाइएको छ भने अर्को पार्टमा दुवैलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । दुवैको एक्सन छरितो र बुलन्द देखिन्छ । एक्सन कोरियोग्राफी पनि सशक्त छ ।

फिल्मप्रति अपेक्षा चुल्याउन सक्ने र बक्स अफिसमा दर्शकलाई तान्न सक्ने पावर ट्रेलरले देखाएको छ । ट्रेलरको बलियो पक्ष भनेको ब्याकग्राउन्ड म्यूजिक रहेको छ । फिल्म बदलाको कथामा आधारित रहेको ट्रेलरले प्रष्ट बुझाउँछ । मानसिक सन्तुलन गुमेको चरित्रमा सौगात सशक्त देखिएका छन् । अभिनेता प्रमोद अग्रहरीको चरित्रचित्रण पनि ट्रेलरमा प्रभावशाली छ । कूल मिलाएर यो फिल्मको ट्रेलर हेर्दा निर्देशकीय पक्षमा विकास भएको अनुमान गर्न सकिन्छ ।

प्रकाश मल्ल, अनिष तामाङ, अभिषेक चौधरीको लगानी रहेको फिल्ममा संजय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ । 

फिल्ममा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माताको रुपमा छन् । फिल्मको छायांकन नेपाल र भारतमा गरिएको हो । सौरभ शर्मा र भास्कर स्वाँरको व्याकग्राउन्ड स्कोर उत्कृष्ट छ । 

यो फिल्मको ट्रेलरमा सौगात मल्लको दुई वटा गेटअप देखाइएको छ । ट्रेलरमा फिल्मको कथा खासै खुलाइएको छैन । सौगात र नाजिरको मित्रता, त्यसपछि आउने घटनाक्रम र भारतमा पुगेपछि सौगातको फेरिएको रुपले दर्शकको उत्सुकता बढाएको छ । 

बक्स अफिसमा यो फिल्म सफल भएको खण्डमा नेपाली फिल्म क्षेत्रलाई यो फिल्मले नयाँ कथामा लैजाने विश्वास गरिएको छ । 

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments