साम्राज्ञी र धिरजको ‘रुमानी रङ्ग’को निर्माण घोषणा

Dhiraj Samragi

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग धिरज मगरको जोडी कस्दै रोमान्टिक फिल्म ‘रुमानी रङ्ग’को औपचारिक घोषणा गरिएको छ ।

अनिल योञ्जनको निर्देशन रहने फिल्ममा साम्राज्ञी र धिरजले ‘इन्टु मिन्टु लन्डनमा’ पछि दोश्रो पटक पर्दामा एकसाथ रोमान्स गर्ने लागेका हुन् ।

उनीहरु लगभग पाँच वर्षपछि एकसाथ पर्दामा आउन लागेका हुन्। इन्टु मिन्टु लन्डनमा’मा उनीहरुको रोमान्सलाई खुबै मनपराइएको थियो।

राजधानीमा आज एक कार्यक्रमकाबिच घोषणा भएको यो फिल्ममा कथा, पटकथा र संवाद निर्देशक योञ्जनकै रहनेछ। ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा लिको व्यानरमा निर्माण रहने फिल्ममा जिएम ठकुरी प्रस्तुकर्ता छन् भने हरि मल्ल ठकुरी निर्माता हुन् ।

यसअघि यो टिमले एक्सन थ्रिलर ‘लाखे’ निर्माण गरेको थियो। फिल्ममा आविस्कार बहुसंचार प्रा लिको सहकार्य रहनेछ भने अष्ट्रेलियाको लाइन प्रोड्युसरमा डिव्वाईज इन्टटेन्मेन्ट रहेको छ। यो कम्पनीले ‘डमरूको डण्डीवियो’, ‘नेप्टे’, ‘क्याप्टेन’ तथा ‘ए मेरो हजुर’ लगायतका १० बढि नेपाली फिल्मको अष्ट्रेलियामा वितरण गरिसकेको छ।

फिल्मको ९० प्रतिशत सुटिङ अष्ट्रेलियामा हुनेछ भने बाँकी १० प्रतिशत नेपालमा हुनेछ। फिल्मले वर्तमान समयको आधुनिक प्रेमकथा प्रस्तुत गर्ने जानकारी निर्माणपक्षले दिएको छ। निर्माणपक्षले यसलाई रंगिन प्रेमकथा भनेको छ।

फिल्मले सजिलोसँग तोडिने र गाह्रोसँग जोडिने मायालाई हँसाएर, रुवाएर विदेशमा बस्ने विद्यार्थीको दुःखसमेत देखाउनेछ। फिल्म वैशाखको पहिलो साताबाट फ्लोरमा जानेछ। ‘रुमानी’को अर्थ एउटा सुन्दर र मनमोहक हो ।

महेश पौडेलको छायांकन रहने फिल्ममा सुशिल थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सह–निर्माता छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x