‘गोर्खा वारियर’को प्रिमियरमा नेतादेखि कलाकारसम्मको भीड, सुखद प्रतिक्रिया

gorkha

शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘गोर्खा वारियर’ को प्रिमियर सम्पन्न भएको छ ।

फागुन ५ मा धरान, फागुन ७ मा पोखरामा प्रिमियर गरेपछि यसको निर्माणपक्षले बुधबार बेलुकी काठमाडौँको कमलपोखरीस्थित विग मुभिजमा भव्य प्रिमियर काठमाडौंमा भव्य प्रिमियर गरेको हो ।

प्रिमियरमा यो फिल्म हेर्न पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायत विशिष्ट अथितिसँगै फिल्मकर्मी लगायत पुगेका थिए ।।

अध्यक्ष ओलीले फिल्महेरेपछि नेपाली विषयलाई समेटिएको भन्दै निर्माण पक्षलाई धन्यवाद दिए । “यसले नेपाली कथा र विषयलाई समेटेको छ । फिल्म हेरिरहँदा मैले हाम्रो कथालाई पर्दामा हेर्न लाउँदा खुसी महसुस गरेँ । यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न हामी सबैले सहयोग गर्नुपर्छ”, अध्यक्ष ओलीले भने ।

ओलीले फिल्म मनछुने बनेको बताउँदै नेपालको इतिहासको एउटा कालखण्डलाई सम्झाउने बताए । फिल्मको कथा, अभिनय र प्रस्तुति पनि प्रभावकारी रहेको उनको भनाई थियो । फिल्मले भावुक बनाउने पनि उनले उल्लेख गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीले फिल्म हेरिरहँदा आफ्नो आँखा रसाएको प्रतिक्रिया दिए । उनले भने, “मेरो बुबा र बाजेले पनि विभिन्न युद्ध लड्नु भएको थियो । त्यसैले पनि यो फिल्म हेर्दा मैले कथासँग जोडिएको पाएँ । यो फिल्मलाई हरेक नेपाली हेर्नुपर्छ । हाम्रो पुर्खाले लडेको युद्धसँगै वीर भनेर पाउने सम्मानका बारेमा हामी अवगत हुने मौका पाउनेछौँ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्गदेनले फिल्मले नेपालीको वीरताको गाथालाई विश्वभर फैलाउने बताए । “हामो देश नेपाललाई सगरमाथा झैँ गोर्खालीको देश भनेर पनि चिन्ने गरिन्छ तर यस्तो विषयमा फिल्म निर्माणको सङ्ख्या निकै कम हुनु भने दुःखद हो । यस्ता फिल्मलाई हामीले हेरेर पनि हौसला प्रदान गर्नुपर्छ”, अध्यक्ष लिङदेनले भने ।

प्रिमियरमा उपस्थित सांसद ज्ञानेन्द्र शाही, अभिनेता हरिवंश आचार्य, सरोज खनाल, किरण केसी, गजित विष्ट, अभिनेत्री प्रियङ्का कार्की, पूजा शर्मा, निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्टराई, वितरक करण श्रेष्ठलगायतले फिल्ममा उठान गरिएको विषय र प्रस्तुतीकरणको तारिफ गरे ।

प्रिमियरमा सुखद प्रतिक्रिया पाएपछि निर्देशक तथा लेखक मिलन चाम्स दंग छन् । निर्देशक चाम्सले वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर तयार गरिएको फिल्मले पाएको प्रतिक्रियाले आफूलाई उत्साह थपेको बताए ।

“मैले यस फिल्ममा देखाइने काल्पनिकभन्दा पनि वास्तविक रुपमा सैनिकले लड्ने युद्धलाई देखाएको छु । सन् १९४९ को समयलाई पर्दामा देखाउनु सहज थिएन । यसका लागि मैले छायाङ्कनमा तीन वर्षको समय खर्चेको छु । तयारी त एक दशकअगाडि देखिकै हो”, निर्देशक चाम्सले भने, “हामीले उक्त समयमा युद्धमा प्रयोग भएका वस्तु नै विभिन्न सङ्ग्रहालयबाट ल्याएर प्रयोग गरेका छौँ । यो फिल्मले हाम्रो वीरतालाई देखाउनाका साथै विश्वमा नेपाली फिल्मको महत्वलाई दर्शाउने छ ।”

फागुन ११ गते शुक्रबारदेखि प्रदर्शन गरिने फिल्म ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ । यसमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता रितेश चाम्स आफैँ पूर्वगोर्खा सैनिक हुन् । उनले सेनाबाट अवकाश पाएपछि बेलायतमै अभिनयसम्बन्धी शिक्षा पनि लिएका एि । “मैले युद्धका क्रममा भोगेको भोगाइलाई नै यसमा प्रस्तुत गरेको छु । फिल्म हेर्नुभएका गोर्खा सैनिकले मलाई दिएको प्रतिक्रियाले झनै उत्साहित छु । पुनः सैनिक जीवनमा फर्कने मौका पाएँ”, अभिनेता चाम्सले भने ।

फिल्ममा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x