युट्युबको ट्रेन्डिङ एकमा ऊनको स्वीटरको फूल

unko sweater

फिल्म ‘ऊनको स्वीटर’को टाइटल गीत ‘फूल’ अहिले युट्युबको ट्रेन्डिङ एकमा पुगेको छ। रिलिजको एक सातामा गीतलाई १२ लाख भन्दा बढी पटक हेरिएको छ।

‘यो गीत हैन, यो भावना हो, यो शान्ति सब हो। जून हो मेरो नजरको, धन्यवाद’ आर्टमान्डुको युट्युब च्यानलको कमेन्ट सेक्सनमा एक प्रयोगकर्ता महेश खतिवडा लेख्छन्। गीतमा आएका हरेक प्रतिक्रियाले आफ्नो टिमलाई उत्साहित बनाएको गायक सुजन चापागाईं बताउँछन्।

‘फिल्म घोषणा गर्दा सानो अंश सार्वजनिक गरेका थियौं। त्यतिबेला दर्शक स्रोताको एकदमै माया पायौं,’ उनले भने, ‘सबैले पूरा भर्सन पर्खिरहनु भएको थियो। फूल भर्सन कसरी राम्रो बनाउने भन्ने चुनौती थियो। तर यो पनि धेरैले मन पराइदिनु भयो। हामी उत्साहित छौँ।’

गीतमा हर्क साउदका शब्द, सुजनको स्वर तथा संगीत सुन्न सकिन्छ । गीतको भिडियोलाई मोसन ग्राफिक्समार्फत् प्रस्तुत गरिएको छ। मोसन ग्राफिक्सले फिल्मका मुख्य पात्रको प्रेमकथाको केही अंश प्रस्तुत गर्छ। अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रेमिल भाव सुन्दर तरिकाले चित्रण गरिएको छ।

लेकको गोठ काठमाडौंमा सेट खडा गरेर तयार पारिएको हो। भारतीय मेकअप आर्टिस्ट अयाज् शेख फिल्मका मेकअप आर्टिस्ट हुन् । ‘ऊनको स्वीटर’ निर्देशक नवीन चौहानको पहिलो फिचर फिल्म हो।

फिल्ममा विपीन र मिरुना प्रमुख भूमिकामा छन्। त्यसैगरी माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावतीलगायतका कलाकारको मुख्य भूमिका छ। फिल्मलाई निर्देशक चौहानले नै लेखेका छन्।

फिल्म वैशाखबाट फ्लोरमा जानेछ । फिल्मलाई पाँचथरमा खिचिनेछ । फिल्म यो वर्षको शरद ऋतुमा प्रदर्शनमा आउनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x