Todays Date: २०८३ बैशाख २४

अभिनेत्री नन्दिताले गरिन् प्रेमी अरविन्द्रसँग विवाह

nandit

नायिका नन्दिता केसी बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनले, आज काठमाडौंको शंकर होटलमा डाक्टर अरविन्द्र कटवालसँग बिहे गरेकी हुन् ।

नन्दिताको बिहेमा उनका आफन्त र केही फिल्मीकर्मी मात्र उपस्थित थिए । नन्दिता र अरविन्द्रले क्यानडामा इन्गेजमेन्ट गर्दै तस्विर सार्वजनिक गरेका थिए ।

मुटुरोग विशेषज्ञ समेत रहेका कटवाल अमेरिकाको नर्थ क्यारोलिनमा बस्दै आएका छन् । उनको परिवार भने काठमाडौंमा रहँदै आएको वुझिएको छ ।

नन्दिता र अरविन्द्रको मागी विवाह हो । उनीहरुको ६ महिना अगाडि मात्र भेट भएको थियो ।

नन्दिताले फिल्म ‘इन्द्रेणी’बाट फिल्म क्षेत्रमा पाइला चालेकी थिइन् । यसपछि, उनले ३ दर्जन बढी फिल्म र थुप्रै म्युजिक भिडियोमा काम गरिन् । नन्दिता पनि विगत केही बर्षदेखि अमेरिकामा नै रहँदै आएकी छिन् ।

तस्वीर : टउवा इभेन्टस्

429854203 446614361033634 7257753024156986191 n 1536x1025 1
429682162 446614227700314 4951389309004698332 n
429651355 446614337700303 1078061553481890103 n 1
nandit
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x