Todays Date: २०८३ बैशाख १९

दशैंमा दीपकदीपाको ‘छक्कापञ्जा ५’, वैशाख दोस्रो सातादेखि छायांकन

Deepak Raj Giri

फिल्म ‘छक्कापञ्जा ५’ को छायांकन वैशाखको दोस्रो सातादेखि गरिने भएको छ। पोखरा लगायतका आसपासमा छायांकन गरिने यो फिल्मको निर्देशन दीपाश्री निरौलाले गर्ने छिन्।

पाँचौं श्रृंखलासम्म आइपुदा दीपक र केदार घिमिरे ‘माग्नेबुढा’मात्र श्रृंखलाको कास्टिङमा निश्चित छन् । ‘अहिलेसम्म हामी दुईजना मात्र निश्चित छौं । अन्य कलाकार तय छैनन्,’ गिरीले भने ।

अभिनेता तथा निर्माता दीपकराज गिरी यतिबेला फिल्मको स्क्रिप्ट लेखिरहेका छन् । चैत मध्यतिर स्क्रिप्टलाई टुंग्याउने उनको तयारी छ । यदी स्क्रिप्ट टुंङ्गिएको खण्डमा वैशाख दोस्रो सातादेखि यो फिल्मको छायांकन सुरु हुने बताउछन्। फिल्म आगामी दशैंमा प्रदर्शन हुने छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x