Todays Date: २०८३ असार ८

नायिका आँचल शर्माको सेक्सी अवतार

aanchal

फिल्म ‘एक मुठ्ठी बादल’को छायांकनको तयारीमा छिन् नायिका आँचल शर्मा । आफ्नो अभिनयको कारण दर्शकको मन जितिरहेकी यी सुन्दरीले २ दिन अगाडि मात्र आफ्नो जन्मदिन मनाइन् ।

उनै, आँचलले सामाजिक संजालमा पोष्ट गरेका दुई तस्विरले उनका फ्यानको ध्यान खिचेको छ । पहिरनको मामलामा आँचल अग्रपङ्क्तिमा छिन् । साथै, उनले आफूलाई फिट राख्न पनि हरदम कोशिश गरेको पाइन्छ । यसैले त, सामाजिक संजालमा उनले बेलाबखत पोष्ट गर्ने तस्विरले प्रशंसा पाइरहेको हुन्छ ।

आँचलको यो बर्ष ‘नाई नभन्नु ल ६’ मात्र रिलिज भयो । तर, उनले फिल्म भने केहीको छायांकन गरिन् भने केहीको छायांकन हुन बाँकी छ । आँचलको आउँदो बर्ष व्यस्तता अझै बढ्ने देखिएको छ । ‘बर एण्ड बधू, पिताम्बर, दुःखी आत्मा’ लगायतका फिल्ममा पनि उनले काम गर्न बाँकी नै छ ।

आँचललाई फिल्ममा लिनका लागि निर्माताहरू पनि लालायित भएको पाइन्छ । यो कुरा बुझेकी आँचलले आफ्नो अभिनय त सुधारेकी छन् नै, आफूलाई फिट राख्न पनि खुबै मिहिनेत गरेकी छिन् ।

aanchal s
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x