‘१२ गाउँ’मा विराजले भित्राए तमिल फिल्मका द्वन्द्व निर्देशक

अभिनेता विराज भट्टले आगामी एक्सन-थ्रीलर फिल्म ‘१२ गाउँ’मा दक्षिण भारतीय एक्सन कोरियोग्राफर स्टन्ट सिल्भासँग सहकार्य गर्ने भएका छन् ।
आगामी वैशाखदेखि छायांकन सुरु गर्ने यो फिल्मको निर्माण कम्पनी विराज भट्ट प्रोडक्सन र स्टन्ट सिल्भासँग सम्झौता भएको हो। तमिल फिल्म एक्सन कोरियोग्राफी गरेका उनले नेपाली फिल्ममा डेब्यु गर्न लागेका हुन् ।
अभिनेता भट्टले सामाजिक सञ्जालमार्फत सिल्भा गर्दै सँगको फोटो सेयर गर्दै लेखेका छन्, ‘सिल्भा गुरु, नेपालमा स्वागत छ । तपाईंसँग काम गर्न पाउनु सम्मानको कुरा हो ।’ केही दिनदेखि विराजसँगै काठमाडौंमा रहँदै आएका सिल्भाले कोरियोग्राफी सिक्वेन्सको योजना बुनिरहेका छन् ।
नेपाल र भारतमा सम्पूर्ण छायांकन गरिने यो फिल्मको लागि विराज र सिल्भाबीच भारतको दक्षिणी सहर चेन्नईमा भेट भएको थियो । उक्त भेटमा भट्टले एक्सन निर्देशनको प्रस्ताव स्टन्ट सिल्भालाई राखेका हुन्। सिल्भाले एसएस राजामौलीको फिल्म ‘छत्रपथी’सहित यमदोंगा, केडी, पञ्चाक्षरी, मार्गाजी १६, वेलायुधम, मारी २, करुंगापियम लगायतका चलचित्रहरुमा काम गरिसकेका छन्।
त्यस्तै, अभिनेता विराज भट्टको पहिलो निर्माण तथा निर्देशन रहेको फिल्म ‘साङ्लो’ हो। यो फिल्म उनको दोश्रो निर्माण तथा निर्देशन हो। यो फिल्मको लाइनअफ हेर्दा उनको यो दोश्रो फिल्म रोचक हुने पक्का छ। यो फिल्मको लागि विराजले मुख्य भिलेनमा कनिज कोइराला र पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्कालाई मुख्य भूमिका फाइनल गरिसकेका छन्।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।