Todays Date: २०८३ बैशाख १०

बैशाख ५ गते बिहे गर्दै एलिना चौहान

eleena

गायिका एलिना चौहान बिहेको तयारीमा जुटेकी छिन् । उनले, वैशाखको ५ गते प्रेमी विष्णु सापकोटासँग बिहे गर्न लागेकी हुन् । आफू अहिले बिहेको तयारीमा जुटेको एलिनाको भनाई छ । एलिना निम्तो बाँड्ने र बिहेको अन्य तयारीमा लागिरहेकी छिन् ।

एलिना र विष्णुको केही समय अगाडि ब्रेकअपको हल्ला समेत चलेको थियो । तर, एलिनाले भने अहिले विष्णुसँगको सम्बन्धमा दरार नआएको बताएकी छिन् । बाग्लुङ निवासी विष्णु लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका छन् ।

गत बर्षको तीजमा एलिना अष्ट्रेलिया पुग्दा विष्णुसँग भेट भएको थियो । सोही समयमा उनीहरुबिच प्रेम सम्बन्ध सुरु भएको थियो । एलिना र विष्णुको टिकटक भिडियो पनि खुबै चलेको थियो ।

झापाबाट नै एलिनाको विवाह सम्पन्न हुने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x