News

नेपालीको विदेश पलायनलाई रोक्नुपर्छ, अबको २०-२५ वर्षपछि के होला ?- सौगात मल्ल

Saugat Malla
Saugat Malla

पछिल्लो समय बैदेशिक रोजगारिमा जाने नेपालीको संख्या दिनप्रतिदिन बढ्दो छ। नेपालीहरू दैनिक रुपमा हजारौंको संख्यामा विदेश उडिरहेको देख्दा नायक सौगात मल्लले दुःख लाग्ने बताएका छन् ।

उनले फिल्म ‘रेड सुटकेस’को ट्रेलर रिलिज कार्यक्रममा बोल्दै –‘मैले देखिरहेको कुरा हो । मेरा कति साथीहरू पनि अहिले विदेशमा छन् । पहिले स्कुल पढ्दा कोही पुलिस बन्ने, कोही आर्मी बन्ने भन्थ्यौँ । ती अधिकांश साथीहरू अहिले विदेशमा छन् । यो दुःख लाग्दो कुरा हो । अबको २०-२५ वर्षपछि अझै के होला भन्ने लाग्छ । म यो कुरा सम्झिएर बेलाबखत झसङ्ग हुन्छु ।’

उनले यसरी बाहिरिएको देख्दा निकै दु:ख मान्दै भने -‘रोक्न पाए हुन्थ्यो जस्तो लाग्छ । तर, सरकारबाट केही होला जस्तो लाग्दैन । सरकारले त वास्ता नगरेको जस्तो देखिन्छ । के फरक पर्ला र सरकारलाई खै ? मसँग पनि केही आइडिया छैन । कोही होस् भन्ने चाहन्छु ।’ सौगातले यो कुरा कसरी रोकिन्छ भन्ने आफूलाई लागेपनि उपाय भने नभएको बताउछन् ।

नेपालमा पछिल्लो केही बर्षयता सुटकेसको कथामा फिल्म बनिरहेका छन् । यो विषयमा सौगातले भने–‘अहिलेको समय नै यस्तै छ । चलचित्रमा भनेको जे घटना घटिरहेको छ, त्यसैमा त बनाउने हो नी । यो विषयले सबैलाई छोएको छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments