Todays Date: २०८३ जेष्ठ ३१

चर्चामा मात्रै चकलेटी हिरोहरु

hiro e1712156421415

अहिले बजारमा भाउ भएका सबैजसो चकलेटी हिरोहरुको समस्या के हो भने उनीहरुले लुक्सका हिसाबले ठिक छन् तर अभिनयमा उही स्तरको निखारता छैन । जबकि फिल्मममा सबैभन्दा बढी चाहिने भनेको अभिनय हो । यही कारण यो बर्ष नेपाली फिल्म क्षेत्र नायक दयाहाङ राइको वरिपरी नै घुम्यो । वि.सं २०८० सालमा दयाका ८ वटा फिल्म रिलिज भए ।

अनमोल केसी, प्रदीप खड्कादेखि पल शाहसम्म पछिल्लो पुस्ताका व्यस्त ‘चकलेटी’ अभिनेतामा पर्छन् । तर, यो बर्ष नेपाली फिल्म क्षेत्रमा चकलेटी नायकको रुपमा चिनिएका अधिकांश नायकहरूको फिल्म नै रिलिज भएन । नायकहरू अनमोल, प्रदीप, पल, पुष्प लगायतको फिल्म नै रिलिज भएन ।

गतबर्ष अनमोल, प्रदीप र पुष्पको फिल्म रिलिज भएपनि यो बर्षको क्यालेन्डरमा उनीहरू सहभागी नै भएनन् । तर, फिल्म रिलिज नभएपनि उनीहरुको चर्चा भने बर्षभरी नै भयो ।

यो बर्ष नायक अनमोल केसी ‘रावायण’का कारण चर्चामा रहे । यो फिल्म साइन गरेका उनले अन्तिममा छाडे । फिल्म छाडेपछि उनी विरुद्ध निर्देशक सुदर्शन थापाले उजुरी दर्ता गरे । सुदर्शनको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गर्यो । अनमोल २ दिन प्रहरीको हिरासतमा बसे । यही प्रकरणका कारण उनको यो बर्ष सर्वाधिक चर्चा भयो ।

यो बर्ष उनले नयाँ फिल्म ‘फर्की फर्की’को छायांकन सुरु गरे । यो फिल्म आउँदो बर्षको जेठ १० गते रिलिज हुँदैछ । यस्तै, अनमोल केसीको चर्चा फिल्म ‘फर्की फर्की’मा काम गरेपछि नायिका जसिता गुरुङसँगको प्रेम सम्बन्धका कारण पनि भइरहेको छ ।

नायक प्रदीप खड्काको पनि यो बर्ष कुनै फिल्म रिलिज भएन । तर, यो बर्ष उनले एकपछि अर्को फिल्म साइन गरे । यो बर्ष उनले फिल्म ‘पुजार सार्की’को छायांकन सकाएका छन् । यो फिल्म आउँदो बर्ष रिलिज हुँदैछ ।

यस्तै, उनले यही बर्ष ‘पिताम्बर, एक्टर, ऐरी, एक्लो’ लगायतका फिल्म साइन गरेका छन् । यसरी हेर्दा, यो बर्ष प्रदीपको करिअरमा नयाँ मोड आएको छ । यस्तै, उनी निर्देशक तथा निर्माता सन्तोष सेनसँगको सम्बन्धका कारण पनि चर्चामा छन् । सन्तोष र उनको सम्बन्ध विग्रीएको खबरले चर्चा पाइरहेको छ ।

नायक पल शाहको पनि यो बर्ष कुनै फिल्म रिलिज भएन । तर, यो बर्ष उनले फिल्म ‘मायाबी र पुजार सार्की’को छायांकन सकाएका छन् । यस्तै, पलले यो बर्ष ‘रावायण, मायाका रंगहरु, अवतार’ लगायतका फिल्म साइन गरेका छन् । पलको यो बर्ष म्युजिक भिडियो, महोत्सवमा उपस्थिति आदि कारणले पनि चर्चा धेरै भयो । बर्षभरी नै उनी चर्चामा रहे पनि दर्शकले भने उनको फिल्म प्रतीक्षा गरिरहेका छन् ।

गतबर्ष ३ वटा फिल्म रिलिज भएर असफल भएपछि नायक पुष्प खड्काको यो बर्ष कुनै पनि फिल्म रिलिज भएन । पुष्पले यो बर्षको अन्तिममा फिल्म ‘सिड्नी ब्लुज’ साइन गरेका छन् । बर्षभरी उनी म्युजिक भिडियोमा नै व्यस्त बने ।

नायक सलिनमान बनियाँ भने फिल्मको कामबाट पनि टाढा देखिएका छन् । यो वर्ष उनको फिल्म रिलिज भएन । रिजर्भ बस्न रुचाउने यी नायक फिल्म ‘यात्रा’पछि मिडिया र चलचित्र नगरीबाट टाढै बसिरहेका छन् । सलिनमानले नयाँ फिल्मको तयारी गरिरहेको चर्चा चलेपनि यो बिषयमा औपचारिक रुपमा कुनै जानकारी दिइएको छैन । यो बर्ष सलोन बस्नेतको साथमा फिल्म ‘‘यूनिभर्सिटी अफ गुन्डाज’ ’ साइन गरे । यो फिल्मको छायांकन अर्को बर्ष सुरु हुँदैछ ।

अभिनेता आकाश श्रेष्ठको अवस्था उस्तै भन्दा पनि धेरै शुन्यको फरक छ । किनकी उनको हातमा फिल्म नै छैन।

यो बर्ष नेपाली फिल्मको रिलिजको संख्या पनि कम छ । गतबर्ष ५० हारहारीमा फिल्म रिलिज भएपनि यो बर्ष त्यो संख्या अझै घटेको छ । तर, आउँदो बर्ष चकलेटी हिरोहरूको फिल्म धमाधम रिलिज हुँदैछन् । जसले गर्दा, उनीहरुको बक्स अफिस पावर पनि देखिनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x