
गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरी हल्ला गरेको आरोपमा प्रहरीले उनीसहित तीन जना कलाकारलाई पनि पक्राउ गरेको जनाएको छ ।
गएराति काठमाडौंको थापागाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ ।
मदिरा पिएर हल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हल्ला नगर्न आग्रह गर्दा अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।