Todays Date: २०८३ बैशाख १२

‘बोक्सीको घर’ ट्रेलरमा प्रभावशाली केकी

Keki 2

केकी अधिकारीको प्रस्तुतिमा तयार भएको फिल्म ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै बद्री अधिकारीको निर्माण तथा सुलक्षण भारतीको निर्देशनमा तयार भएको फिल्मको साढे २ मिनेट लामो ट्रेलर रिलिज गरिएको हो ।

ट्रेलरले बोक्सीको आरोप लगाइएकी एक महिला पात्रलाई पछ्याउँछ, जसमा अभिनेत्री केकी अधिकारी प्रस्तुत छिन् । ट्रेलरमा उनको चरित्रचित्रण प्रभावशाली देखिन्छ । उनको गेटअप र हाउभाउले डर पैदा गराउँछ ।

राज घिमिरे कार्यकारी निर्माता रहेको यो फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, जीवन बराल र सविन बास्तोला लगायतका कलाकारको अभिनय छ।

सुलक्षण भारतीको लेखन रहेको यो फिल्ममा सुलक्षण भारती र लोकेश बज्राचार्यको सम्पादन, शिवराम श्रेष्ठको छायांकन छ । यो फिल्म आउँदो बर्षको वैशाख १४ गतेबाट रिलिजमा आउँदैछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x