Todays Date: २०८३ बैशाख १२

‘एक्लो’मा अन्तरिक्ष यात्री बन्दै प्रदीप

eklo movie pardeep

प्रदिप शाहीको निर्देशन रहने अभिनेता प्रदिप खड्काको साईफाई-जोम्बी थ्रिलर फिल्मले आफ्नो नाम घोषणा गरेको छ। एक पोस्टर सार्वजनिक गर्दै निर्माणपक्ष आज सोमबार फिल्मको नाम सार्वजनिक गरेको हो। फिल्मको नाम ‘एक्लो-१’ राखिएको छ।

निर्माणपक्षले फिल्म सिक्वेलका रुपमा निर्माण गर्न लागेको जानकारी दिएको छ। निर्देशक शाहीले फिल्म ट्राइलोजी(तीन भाग) मा निर्माण हुने बताए।

नाम घोषणा गर्दै सार्वजनिक गरिएको यो फिल्मको पोस्टरले ‘एक्लो-१’ हाल बनिसकेका र बन्दै आइरहेका फिल्मभन्दा फरक स्वादमा बन्ने देखाएको छ। सार्वजनिक पोस्टरमा पात्रको अनुहार नखुलाइ स्पेस सुटमा प्रस्तुत गरिएको छ। स्पेससुटमा नेपालको झण्डा अंकित भएको देख्न सकिन्छ।

स्पेससुट लगाएका पात्र को हुन स्पष्ट नभएपनि फिल्मका प्रमुख अभिनेता प्रदिप खड्का रहेको अनुमान गर्न सकिनछ। यसैगरी पोस्टरमा एक जोम्बी अनुहारलाई नेपथ्यमा प्रस्तुत गरिएको छ।

सार्वजनिक यो शीर्षक पोस्टरले फिल्मप्रति दर्शकहरुको जिज्ञाशा बढ्ने आशा गर्नसकिन्छ। फिल्ममा प्रदिपका अलावा वेनिशा हमाल,विजय लामा, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती तथा सुनिल थापाको अभिनय रहनेछ। शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ।

हाल सेट डिजाइनको काम र प्री प्रोडक्सनको सुरुवात भई रहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताए। निर्माता खत्रीका अनुसार छायाँकनका लागी नेपालमा नै पहिलो पटक अन्तरीक्षमा जाने रकेटको निर्माणको तयारी भई रहेको छ। फिल्म साउनको अन्तीमबाट छायाँकनमा जाने तयारीमा रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x