Todays Date: २०८३ बैशाख १२

गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

ravi

गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

गायक ओडविरुद्ध उनकै श्रीमतीले वैवाहिक बलात्कारको उजुरी दर्ता गरेपछि जिल्ला अदालत कञ्चनपुरले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै श्रीमतीले दिएको जाहेरीका आधारमा अदालतबाट अनुमति लिएर पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जानकारी दिए ।

ओडकी श्रीमतीले यही चैत २० गते कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिएकी थिइन् । ओडको खोजी भइरहेकाे र अहिलेसम्म पक्राउ नपरेको प्रवक्ता पन्तले बताए ।

ओडको घर कञ्चनपुर कृष्णपुर नगरपालिका, गुलरिया हो । कञ्चनपुर प्रहरीले काठमाडौं प्रहरीलाई समेत पक्राउ गरेर पठाईदिन पत्राचार गरिसकेको छ ।

ओड यतिबेला कार्यक्रमका लागि जापानमा रहेका छन् । उनी फुकुओकामा हुने नेपाल फेस्टिवल २०२४ को लागि संगीतिक प्रस्तुति दिन पुगेका हुन् ।

ओड नेपाल आइडल सिजन-२ का विजेता हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x