Todays Date: २०८३ बैशाख १०

‘खजुरे ब्रो’को नयाँ पोस्टर : हातमा पैसा, साथमा हाँसो र सोचमा सुन्दरी

Khajure bro Poster For Insta 4x5

आगामी बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’बाट नीति शाहले अभिनयमा डेब्यू गरेकी छन् । यसकारण पनि यो फिल्मप्रति धेरैको चासो छ । तर, एक हप्ता अगाडि सार्वजनिक गीतमा ८ सेकेण्डमा सीमित भएपछि भने फिल्ममा उनको उपस्थिति कमजोर त छैन भन्ने आशंका उब्जिएको छ । सोमबार सार्वजनिक एक पोस्टरमा पनि उनी प्राथमिकतामा परेकी छैनन् ।

पोस्टरमा नीति अभिनेता रेयर राईको सम्झनामा चित्रित छिन् । उनी मुस्कुराएको भावमा प्रस्तुत छिन् । पोस्टरमा रेयर हाँस्दै बाइक चलाइरहेका छन् भने उनकै बाइकमा बसेका अभिनेता महेश त्रिपाठीलाई पैसाको बिटोसँग रमाइरहेको देखिन्छ । अर्का कलाकार नविन मानन्धर डिग्रीको उपाधि प्राप्त गर्दा लगाउने पोशाकमा चित्रित छन् । पोस्टरले फिल्म पैसा र प्रेमको वरिपरि घुम्ने बुझाउँछ ।

सुरज सुनुवारको निर्देशनमा बनेको फिल्ममा प्रकाश भुजेल, विनिता थापा मगर, प्रेम सुब्बा, पुस्कर कार्की, मनिष राउत, शान्तिला तामाङ, सुष्मा निरौला, सुजाता राई, पवन लिम्बु, दीप चन्द्र राई लगायतको अभिनय छ । नविन मानन्धर तथा निर्देशक सुनुवारको निर्माण रहेको फिल्ममा सुनील श्रेष्ठ,अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्माता छन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x