Todays Date: २०८३ जेष्ठ २७

‘ज्वाइँ साब’मा विल्सन विक्रमको पनि प्रवेश

759f76fb 3840 4a4c 940b 59cde688bfad 1

कलाकार विल्सन विक्रम राई आफै फिल्म निर्देशन गर्ने तयारीमा पनि छन् । तर, उनले अन्य ब्यानरका फिल्ममा पनि धमाधम काम गरिरहेका छन् ।

उनै, विल्सनले अब नयाँ फिल्म ‘ज्वाइँ साब’मा काम गर्ने पक्का भएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, फिल्ममा विल्सनको भूमिका पावरफुल छ ।

राजकुमार पण्डितको प्रस्तुतिमा रेड आई फिल्मस्ले ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण गर्न लागेको यो फिल्मलाई बसन्त निरौलाले निर्देशन गर्दैछन् ।

यो फिल्ममा जितु नेपाल, नीति शाह, हिमेश पन्त फाइनल भइसकेका छन् । विल्सन पनि फिल्ममा अनुबन्धित भएपछि यसपटक दर्शकले कमेडीको भरपूर आनन्द यो फिल्ममा लिन पाउनेछन् भन्ने अनुमान लगाउन सकिन्छ ।

मिनादेवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

यो फिल्मलाई तिहारमा रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x