Todays Date: २०८३ बैशाख १०

८ वर्षपछि जुर्‍यो प्रदीप र सुदर्शनको सहकार्य

435308176 426866336590915 911419454707957713 n

फिल्म ‘प्रेमगीत’पछि अलग भएका निर्देशक सुदर्शन थापा र नायक प्रदीप खड्का फेरि मिलेका छन् । उनीहरुले अब एकसाथ काम गर्ने पक्का भएको छ ।

सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्मका लागि प्रदीप र सुदर्शनबीच सहकार्य हुन लागेको हो । आज नायक खड्काले थापासँग कागजी संझौता गरेका छन् ।

यो फिल्मको छायांकन तिहारपछि हुने निर्देशक थापाले जानकारी दिए । फिल्मलाई पूर्ण रुपमा लभ स्टोरी कथामा निर्माण गरिनेछ ।

निर्देशक थापाले नायक पल शाह र नायिका पूजा शर्माको साथमा फिल्म ‘रावायण’ तयार गर्दैछन् । यो फिल्मको छायांकन केही दिनमा नै सुरु हुँदैछ । भदौ २१ गते फिल्म ‘रावायण’ रिलिज गरेपछि प्रदीपसँगको फिल्म सुरु गर्ने तयारीमा सुदर्शन छन् ।

फिल्म ‘प्रेमगीत’मा काम गरेपछि नायक प्रदीप खड्का स्टार बनेका थिए । तर, उनीसँग सुदर्शनको सम्बन्ध भने बिग्रिएको थियो । ८ बर्षपछि एकसाथ फेरि काम गर्न पाउँदा थापा र खड्का उत्साहित छन् ।

फिल्ममा नायिका पूजा शर्माको अभिनय रहने चर्चा छ । तर, अहिले नै निर्माणपक्षले नायिकाको बारेमा केही पनि बोलेको छैन ।

sudarshan pradeep
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x