Todays Date: २०८३ जेष्ठ १२

मलिकाको ‘सतीदेवी’ साउन ४ मा आउने

SATIDEVI malika mahat

लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको फिल्म ‘‘सतीदेवी’को रिलिज मिति घोषणा गरिएको छ । नारीप्रधान यो फिल्म साउन ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ।

बाबु र छोरीहरु बीचको मिहीन स्नेह, सम्बन्धको आरोहअवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपण यस फिल्मले बोल्ने लेखक तथा निर्देशक सुवेदीले बताए।

फिल्ममा मलिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीलगायतको अभिनय रहेको छ । दिलासा र साराको प्रस्तुती रहेको फिल्मको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी छन् ।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद रहेको छ । बाबु श्रेष्ठले छायांकन गरेको पिःल्ममा दीपक शर्मा र सुवास भुसालको संगीत छ, भने रामजी लामिछानेको कोरियोग्राफी छ । काठमाडौँ र लमजुङ, तनहुँ, कास्की र काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भएको फिल्मले हालै सम्पन्न ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट पटकथा, सर्वोत्कृष्ट चलचित्र र अभिनेत्रीले जुरी अवार्ड जितेका थिए । सौराहा दक्षिण एशियाली फिल्म फेस्टिभलमा शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक र सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भएको थियो।

चलचित्र वितरण उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यका बाहिर एफडि कम्पनीले गर्नेछ। चलचित्रको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x