
बलिउड अभिनेत्री अनन्या पाण्डे र अभिनेता आदित्य रोय कपुरको ब्रेकअप भएको छ । भारतीय मिडियाहरूमा दुवैको ब्रेक भएको रिपोर्ट सार्वजनिक भएको छ । दुवै २ वर्ष सँगै सम्बन्धमा थिए ।
अनन्या पाण्डे र आदित्य कपुरका एक नजिकका साथीले मिडियासँग कुरा गर्दै जोडीको ब्रेकअपको खबर पुष्टि गरेका छन् ।
यस वर्षको अप्रिल महिनामा अनन्या पाण्डेले पनि एक क्रिप्टिक पोस्ट सेयर गरेकी थिइन्, जसका कारण उनीहरूको ब्रेकअपको हल्लाले तीव्रता लिएको थियो । त्यति बेला अनन्याले पोस्टमा लेखेकी थिइन्, ‘यदि उ तिम्रो हो भने अवश्य फर्किनेछ । यो सबै तिमीलाई पाठ सिकाउन को लागी हो । तिमीले स्वीकार गर्दैनौ र उसलाई बिदा गर, यदि उ तिम्रो हो भने फर्केर आउनेछ । यदि तपाईँ विश्वास गर्नुहुन्छ भने यो वास्तवमा तपाईँको हो । किनभने यो तपाईँको लागि बनाइएको थियो, तर यो तपाईँको भाग कहिल्यै छैन । यो तिम्रो आत्मासँग कहिल्यै जोडिएको थिएन ।’
अनन्याको यो पोष्ट आदित्य लक्षित रहेको र दुवैको सम्बन्ध बिग्रिएपछि उनले यो पोष्ट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । सार्वजनिक रूपमा भने दुवैले आफ्नो सम्बन्ध बारे अहिलेसम्म चर्चा गरेका छैनन् ।