Todays Date: २०८३ बैशाख १३

सरकारको नीति तथा कार्यक्रम: नेपालमा विदेशी फिल्म छायांकनलाई आकर्षित गरिने

ramchandra poudel

सरकारले नेपालमा छायांकनका लागि विदेशी फिल्मका निर्मातालाई आकर्षित गर्ने नीति लिएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हलिउड र बलिउड फिल्म निर्मातालाई नेपालमा छायांकनका लागि आकर्षित गरी फिल्म पर्यटन प्रवर्द्धन गरिने जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि सरकारले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकनको लागि आकर्षक गन्तव्य बनाइने नीति लिएको थियो । तर, त्यो कार्यान्वयन हुन सकेको देखिँदैन । एकद्वार नीति नहुँदा विदेशी निर्माताहरु नेपालमा फिल्म छायांकनका लागि आकर्षित हुन सकेका छैनन् । नीति तथा कार्यक्रममा भने एउटै कुरा हरेक वर्ष दोहोरिरहेको हुन्छ ।

गत वर्षको तुलनामा सरकारको नयाँ नीति तथा कार्यक्रममा नेपाली फिल्म क्षेत्र प्राथमिकतामा पनि पर्न सकेको छैन । अघिल्लो वर्ष समाज रुपान्तरणका लागि सङ्घर्ष गर्ने व्यक्ति तथा घटनासँग सम्बन्धित ऐतिहासिक फिल्म, वृत्तचित्र तथा स्वदेशी फिल्म निर्माणलाई प्रवर्द्धन गरिने नीति लिइएको थियो । यसपटक नेपाली फिल्म क्षेत्रलाई सम्बोधन हुने एउटै विषय नीति तथा कार्यक्रममा समावेश भएनन् । यसले फिल्म क्षेत्रप्रति राज्यको उदासिनता देखाउँछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x