Todays Date: २०८३ बैशाख १०

फिल्म खेल्न नेपाल आइपुगे राजबल्लभ

Flim

निर्देशक राजन भुषालको निर्देशन रहेको फिल्म ‘एक्टर’का लागि अभिनेता राज बल्लभ कोइराला नेपाल आएका छन । हाल धमाधम छायांकन भइरहेको यो फिल्मको आफ्नो भागको सुटिङको लागि उनी भर्खरै नेपाल आइपुगेका हुन् ।

अभिनेता कोइराला नेपाल आएसङै उनलाई यसै फिल्मका अभिनेता प्रदीप खड्का सहित अभिनेत्रीद्धय दिव्या रायमाझी र आना शर्माका साथमा निर्देशक राजन भुषाल र निर्माता थमन भण्डारीले स्वागत गरेका छन् । अभिनेता प्रदीप र राजबल्लभको यो पहिलो भेट हो ।

वैशाखको अन्तिम साताबाट छायांकन सुरु गरिएको यो फिल्ममा नायक प्रदीप खड्का, नायिकाद्धय आना शर्मा र दिव्या रायमाझी, नायक सुशील सिटौला, कलाकार दिव्य देव, राजवल्लभ कोइराला, सलोन बस्नेत लगायतका कलाकारको अभिनय छ ।

यूनिक कथामा रहेर निर्माण भइरहेको यो फिल्मलाई थमन कुमार भण्डारीले निर्माण गरेका हुन् । यो फिल्ममा एनिस भुसाल र सार्थक केसी सह–निर्माताको रुपमा छन् ।

कात्तिकको १५ गतेबाट रिलिज गर्ने घोषणा गरिएको यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x