Todays Date: २०८३ बैशाख १८

एलिनाको आक्रोश: के लभ परेको मात्र गीत बनाउँ ?

eleena

चर्चित गायिका एलिना चौहान हाल अष्ट्रेलियामा छिन् । गत वैशाखमा मात्र आफ्ना प्रेमी विष्णु सापकोटासँग बैवाहिक बन्धनमा बाधिएको उनी लगत्तै अष्ट्रेलिया पलायन भएकी हुन् ।

अष्ट्रेलिया पुगेकी चौहानले मंगलबार इन्ष्ट्राग्राममा एउटा भिडियो पोस्ट गरेकी थिईनन्, जसलाई लिएर विभिन्न टिका-टिप्पणी भईरहेको छ ।

एलिनाले भिडिओ बनाइएको भारतीय गीतको बोल छ- ‘थारा पैसा, थारी दौलत, थारी गाडी थारा नाम थारा बङ्गला थारा काम, तुम्ही रखो रे’

यो गीतको भावार्थ हो- ‘तिम्रो पैसा, तिम्रो सम्पत्ति, तिम्रो गाडी, तिम्रो नाम, तिम्रो घर, तिम्रो काम, तिमीसँगै राख ।’

यस्तै क्याप्सनमा एलिनाले लेखेकी छन्, ‘एउटा वास्तविक पुरुषले तपाईँलाई त्यस बेला पनि सम्मान गर्छ, जब उ तपाईँप्रति बहुला भएको हुन्छ । यो सम्झिनु ।’

उक्त भिडियो सार्वजनिक भएपछि उनको बारेमा विभिन्न गसिप र समाचार सार्वजनिक भएको छ । समाचारहरु सार्वजनिक भएपछि उनी उल्टै मिडियासँग रिसाएकी छन् ।

धेरै टीकाटिप्पणी भएपछि एलिनाले भिडिओलाई लिएर मुख खोलेकी छन्। उनले फेसबुकमा भिडिओ राख्दै भनेकी छिन्, ‘टिकटकमा जताततै एउटा गीत देखेपछि युट्यूबमा गएर हेर्दा राम्रो लाग्यो। राम्रो लागेपछि एउटा कन्सेप्ट सोचेर मैले पनि भिडिओ बनाएर हालें। भिडिओ देखेपछि सबैले यसलाई त बुढाले पिटेछ, मारेछ भन्ने सोच्नुभएछ। चलेको गीत भएकाले सबैलाई थाहा छ होला भन्ने लागेको थियो।’

चलेको गीतमा भिडिओ बनाउँदा मिडियाले नबुझेर समाचार लेखेको भन्दै उनले दुःखेसो व्यक्त गरेकी छन्।

‘समाचार बनाउनुअघिचाहिँ मलाई एकचोटि सोध्नुभएको भए हुन्थ्यो। सबैले भाइरल हुन हो कि किन भनेर समाचार बनाउनुभएछ,’ उनले भनिन्, ‘अब मैले कुनै गीत मनपर्‍यो भने भिडिओ बनाउनै नपाउनू? कि सधैं लभ परेको गीतमा मात्र बनाउनुपर्ने हो? अरूको गीतमा बनाउनै नहुने हो कि? सधैँ आफ्नै गीतमा बनाउनुपर्ने हो कि? मैले यो कुरै बुझिनँ।’

आफू सकुशल रहेको बताउँदै उनले चाँडै नेपाल आउने बताएकी छिन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x