Todays Date: २०८३ बैशाख १८

फिल्म ‘बाटो: रोड टु डेथ’को भव्य प्रिमियर, हेर्न छुटाउनै नहुने प्रतिक्रिया

BATO PREMIERE5

यही शुक्रवार रिलिज हुने फिल्म ‘बाटो: रोड टु डेथ’को बुधवार साँझ भव्य प्रिमियर शो आयोजना गरिएको छ। ललितपुरको पुलचोकस्थित लबिम मलमा रहेको क्यूएफएक्स सिनेमामा आयोजित प्रिमियरमा फिल्मको टिम, सेलिब्रेटीहरू, शुभचिन्तकहरू तथा पत्रकारहरूको उपस्थिति थियो।

फिल्मको प्रिमियर इभेन्टलाई वि.सं. २०३५ सालदेखि सक्रिय राठी ग्रुपको एढेसिभ उत्पादन राठीकोलले बोन्डिङ पार्टनरको रूपमा प्रायोजन गरेको थियो। प्रिमियरमा राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी, राठी कोलका सिईओ योगेश राठी, सेल्स एन्ड मार्केटिङका एचओडी रिदम शाह लगायत उपस्थित थिए। अध्यक्ष राठीले फिल्म क्षेत्रमा पहिलो पटक जोडिएर काम गर्न पाउँदा गर्व महसुस गरेको र आगामी दिनमा पनि यस क्षेत्रमा कुनै न कुनै बहानामा जोडिइरहने प्रतिबद्धता व्यक्त गरे।

नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको यस फिल्मका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रिमियरमा यो चलचित्र हेर्ने गति सबैले प्रशंसा गरेको बताए। उनले यस्तै प्रशंसा नेपाली दर्शकहरूबाट पनि पाउनेछु भन्ने आशा आफूले लिएको बताए। उनले भने, “नेपाली फिल्मको स्ट्याण्डर्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने मेरो चाहना छ। आजकल दर्शक फिल्ममेकर बन्दा निकै अगाडि हुनुहुन्छ, त्यसकारण पनि हामीले चलचित्र राम्रो नै बनाउनु पर्छ।”

फिल्मका अभिनेता सुलक्षण भारतीले यो फिल्ममा निर्देशकले एउटा नयाँ संसार निर्माण गरेको बताए। उनले यस प्रकारको फिल्म नेपालमा यसअघि नबनेको बताए। अर्का अभिनेता उत्पल झाले लामो समयको प्रतीक्षापछि फिल्म रिलिज हुन लागेकोमा खुसी व्यक्त गरे। अभिनेत्री रक्षा थापाले यो फिल्ममा एकदमै धेरै भावना जोडिएको बताइन्। उनले ‘बाटो’ हेर्दा फिल्म सकिएको थाहा नै नहुने बताइन्। अभिनेत्री मिथिला शर्माले यस फिल्ममा आफूलाई अभिनयको लागि लिएकोमा निर्माता र निर्देशकलाई धन्यवाद दिइन्।

अहिलेसम्म नेपालमा बनेका फिल्महरू मध्ये बिलकुल फरक बनेको र यो फिल्मले दर्शकलाई एउटा बाटोमा डोर्‍याउन सफल रहने प्रतिक्रिया प्रिमियर शो पछि प्रतिक्रिया दिँदै सहभागीले बताए। प्राविधिक रूपमा अत्यन्त गहन तरिकाले काम भएको र हरेक कलाकारको काम उत्कृष्ट रहेको प्रिमियरमा सहभागीले जनाए।

काठमाडौं फिल्म्सको ब्यानरमा बनेको यस फिल्मका निर्माता चन्दन झा हुन्। यसलाई दक्षिण भारतीय फिल्म उद्योगका छायाकार शरण ऋषिले छायाङ्कन गरेका छन्। फिल्मका लाइन प्रोड्युसरहरू शङ्कर कार्की, प्रकाश हमाल र दिनेश प्रकाश महरा हुन् भने कार्यकारी निर्माताहरू रणधीर कुमार झा, अश्विनी घिमिरे, सदिक्षा महर्जन, नवीन अवाल, आकाङ्क्षा बस्नेत र विशाखा विक्रम थापा हुन्। त्यस्तै, सह निर्माताहरू विक्रम चौधरी, आशिम मैनाली, टोनी हरजानी, शालिनी पोद्दार, नम्रता जीआर राउत र स्मृति झा हुन्।

फिल्ममा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ। जेठ ३२ गते नेपालभर रिलिज हुने यस फिल्मलाई डिसिएनले वितरण गर्दैछ।

BATO PREMIERE1
BATO PREMIERE4
BATO PREMIERE3
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x