Todays Date: २०८३ जेष्ठ ११

फिल्म ‘लण्डन टू पेरिस’ एक सातामै हलबाट उत्रियो

DSC04557

कुनै समय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्महरूले हलमा मारामारको व्यापार गर्थे । निर्माताले उनका फिल्मबाट राम्रो रकम कमाएका पनि छन् ।

तर, पछिल्ला केही बर्षयता साम्राज्ञी बक्स अफिस सफलताको खोजीमा छिन् । तर, उनले यो सफलता प्राप्त गर्न सकेकी छैनन् ।

उनी अभिनित फिल्म ‘रातो टिका निधारमा, तिम्रो मेरो साथ’ले पनि बक्स अफिसमा निकै कमजोर व्यापार गरे । उनै, साम्राज्ञी अभिनित फिल्म ‘लण्डन टू पेरिस’को बक्स अफिसमा हरिबिजोग नै भयो ।

यो फिल्म अधिकांश मल्टिप्लेक्समा एक सातामा नै उत्रिएको छ । क्यूएफएक्स चेन, बीग मुभिज, एफक्यूब, वान सिनेमाज् लगायतका सबै जसो मल्टिप्लेक्सबाट यो फिल्म उत्रिएको छ ।

फिल्मले एक सातामै दम तोड्नुलाई नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको कमजोर स्टारडमको रुपमा आँकलन गरिएको छ । यो फिल्मबाट नव–नायक निश्चल खड्कालाई मात्र फाइदा देखिएको छ । फिल्म बक्स अफिसमा असफल भएपनि निश्चलको अभिनयको भने तारिफ भइरहेको छ ।

घनश्याम लामिछाने निर्देशित यो फिल्मलाई एबी प्रोडक्शनले निर्माण गरेको हो । फिल्मले नेपालमा दयनीय व्यापार गर्दा निर्मातालाई पनि ठूलो रकम घाटा लागेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x