Todays Date: २०८३ जेष्ठ १२

‘माईली’ बन्दै प्रियंका

Priyanka Karki1

२०७५ सालमा रामबाबु गुरुङको निर्देशनमा फिल्म ‘साइँली’ बनेको थियो । अब ‘माइली’ नाममा पनि फिल्म बन्ने भएको छ । बाबु साहेब बलामीको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा अनुबन्ध भएकी छन् । फिल्ममा उनी माइलीको भूमिकामा देखिने निर्देशक बलामीले जानकारी दिए । प्रियंकासँग निर्माण टिमले यसै साता कागजी सम्झौता गरेको हो ।

प्रियंका यतिबेला फिल्म ‘रावायण’को छायांकनमा व्यस्त छिन् । चाँडै उनी आफैं एक्सन फिल्म समेत बनाउने तयारीमा छिन् । कुनै समय ‘नम्बर वान’ अभिनेत्रीको पगरी गुथेकी उनको विवाहपछि करिअर सन्तुलित बन्न सकेको छैन । यसैले उनलाई एउटा सोलो हिट फिल्मको खाँचो छ । ‘माइली’ व्यावसायिक रुपमा सफल भएको अवस्थालाई उनको धरमराउँदो करिअरलाई राहत मिल्नेछ ।

रुना इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्न लागेको फिल्ममा प्रियंका ग्रामीण भूमिकामा प्रस्तुत हुने जनाइएको छ । यही असार अन्तिमबाट छायांकन सुरु गर्न लागिएको फिल्मलाई मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिने निर्देशक बलामीले बताए । ‘माइली’मा शंकर अधिकारी ‘घायल’को गीत रचनासहित पटकथा तथा संवाद लेखन र राजेन्द्र बजगाईंको गीतमा संगीत रहनेछ ।

निर्देशक बलामीले सत्य घटनामा आधारित भएर फिल्म बन्न लागेको बताए । फिल्ममा महिलाको पीडा र संघर्षलाई देखाइने उनको भनाई छ । ‘दलित महिलाको श्रीमान् नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? उसलाई स-साना छोरीहरु हुर्काउन कति कठिन हुन्छ ? नेपाली समाजले जातीयताको आडमा कसरी प्रताडित गरिरहेको छ भन्ने विषयवस्तुमा फिल्म बन्नेछ’, बलामीले भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x