Todays Date: २०८३ बैशाख १६

‘‘पूर्ण बहादुरको सारङ्गी’ जुम्लाको स्याउ हो’

7J0A2546 860x400 1

तिहारको छेको पारेर कात्तिक १५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण टिम यतिबेला प्रचार प्रसारमा व्यस्त रहेको छ ।

दर्शकले मोसन पोस्टर सार्वजनिक भएदेखि नै फिल्मप्रति चासो देखाइरहेका छन् । यतिबेला सामाजिक सञ्जाल फेसबुक रिल, स्टोरी र टिकटकका भिडियो हेर्दा फिल्मका ‘रैया चाँदीको’, ‘मैझारो’, ‘दाहिने हातैमा’ र ‘काँधेकुरी’ बोलका गीतलाई श्रोतादर्शकले निकै रुचाएका छन् ।

हालै मोफसलको प्रमोसनल टुर सकेर राजधानी फर्किएको कलाकार र निर्माण टिमले मौलिक कथा तथा संस्कृति र पेसा पुस्तान्तरणको कथा नै ‘पूर्ण बहादुरको सारङ्गी’को स्ट्रङ पक्ष भएको बताएको छ ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै निर्माण टिमले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले गन्धर्भ समुदायको कथा भन्दै छोराका लागि बाउले देख्ने सपनाको कुरा गर्ने बताएको छ ।

“यो फिल्मले पुस्तान्तरणसहितको रुपान्तरण यो सिनेमाको कथा सार हो । बाउले छोराका लागि देखेको सपनाको कथा हो यो सिनेमा,” फिल्मका मुख्य कलाकार विजय बरालले भने, “सिनेमा भन्नबित्तिकै केही कथा हुनुपर्छ, यो सिनेमाले भन्ने पनि यही नै हो ।”

उनले आफ्ना लागि सिनेमा विशेष रहेको बताए । क्यारेक्टर र जिम्मेवारीका हिसाबले आफ्ना लागि ‘पूर्ण बहादुरको सारङ्गी’ अवसर पनि भएको उनको भनाइ छ ।

“यो फिल्ममा केही कुरा छ, जुन हेर्दा हरेक दर्शकलाई महसुस हुन्छ,” उनले भने ।

7J0A2540

फिल्मका अर्का कलाकार मुकुन भुसालले सिनेमाप्रति दर्शकको चासो रहेको बताए । काठमाडौं बाहिरको टुरमा पनि सिनेमाप्रति दर्शकको उत्साह देखिएको उनले बताए । “दर्शकको चासो देख्दा हामी उत्साही छौँ,” उनले भने, “यो चलचित्र दर्शकका लागि नयाँ एक्सपिरियन्स पनि हुनसक्छ । आफ्नो करिअरमा पनि केही योगदान गर्नेमा म ढुक्क छु ।”

अभिनेता मुकुन भुसालले कुन रोल र स्क्रिन टाइम कति भन्ने कुराले अर्थ नराख्ने बताए । सर्पोटिङ क्यारेक्टरमा पनि आफूले सिनेमा गरेको भन्दै राम्रो र अर्थपूर्ण क्यारेक्टर भएको अवस्थामा छोटो रोलले पनि केही फरक नपर्ने उनको भनाइ छ ।

आफूले लिड रोलमा केही फिल्म गरे पनि आफ्नो ठूलो स्टारडम छ भन्ने भ्रममा आफू नरहेको उनले बताए । स्टारडमवाला क्यारेक्टर आफ्नो नभएको उनको भनाइ छ ।

अञ्जना बराइलिले फिल्मबारे मोफसलमा निकै राम्रो हाइप बनेको बताइन् । काँधे कुरी गीतबाट दर्शकले ‘पूर्ण बहादुरको सारङ्गी’का बारेमा धेरै कुरा थाहा पाइसकेको उनको भनाइ छ ।

“यो सिनेमालाई लिएर दर्शकमा फरक खालको उत्साह पायौँ । हामी यो चलचित्रबाट निकै धेरै आशावादी पनि छौँ,” उनले भनिन् ।

निर्माता प्याट्रिक सुवेदीले नेपाल बाहिरका दर्शकमा ‘पूर्ण बहादुरको सारङ्गी’लाई लिएर प्रतिक्षा रहेको बताए । आफू देशबाहिर रहँदा यो फिल्मलाई लिएर निकै धेरै प्रतिक्षा र इन्क्वाइरी रहेको उनले सुनाए ।

7J0A2526

“अहिले आइरहेका भन्दा केही फरक सिनेमा बनेकाले यसको प्रतिक्षा रहेको मैले पाएको छु,” उनले भने ।

निर्देशक सरोज पौडेलले आम बुवाहरू जसले आफ्नो सन्तानका लागि सपना देख्छन् उनीहरुको कथा ‘पूर्ण बहादुरको सारङ्गी’ले भन्ने बताए । सन्तानका लागि सपना देख्ने र संघर्ष गर्ने बुवाहरूको कथामा यो सिनेमा बनेको उनले प्रष्ट पारे ।

“बाउ र छोराको इमोसनको कथा हो । यो सिनेमाले बाउ र छोरोबीचको इमोसनको कथा भनिरहँदा दर्शकको चित्त बुझाउँछ,” उनले भने ।

सारङ्गी पनि फिल्ममा पात्रका रुपमा जोडिएको उनले बताए । आफू पहिलोपटक मुख्य भूमिकामा रहँदा केही फरक अनुभव र जिम्मेवारीमा रहेको विजज बताउँछन् ।

7J0A2530

“सधैँ छेउमा बसेर काम गरिरहेको अहिले आफैँ अगाडि लागेर काम गर्दा केही गाह्रोजस्तो भइरहेको छ । तर यो मेरो जिम्मेवारी हो । यसले मलाई फाइदा पनि गरिरहेको छ,” उनले स्मरण गरे, “सुरुमा अफर आउँदा दुई हप्ता त मैले होल्ड पनि गरेको हो । तर थिएटरमा यो काम गरिसकेकाले ओके गरेको हुँ ।”

मिडल एजको क्योक्टर गर्न असहज नभए पनि बृद्धअवस्थाको क्यारेक्टर गर्न भने सुरुमा केही असहज भएको उनले स्मरण गरे । क्यारेक्टरका लागि सारङ्गी बजाउन आफूले सिकेको उनले स्मरण गरे १० दिन लगाएर सारङ्गी बजाउन सिकेको उनले जानकारी दिए ।

निर्माता बिनोद पौडेलले बाउ र छोराबीचको इमोसन नै ‘पूर्ण बहादुरको सारङ्गी’को सबैभन्दा बलियो र सवल पक्ष भएको बताए । सुरुमा वानलाइन कथा सुन्दै यसमा सिनेमा बनाएर दर्शकलाई भन्नुपर्छ भन्ने लागेको उनले सुनाए ।

1000006530 1024x683 1

“गाउँ छोडेर सहर आएपछि गाउँको भ्यालु बढ्ने रहेछ । देश छोडेर विदेश गएपछि देशको भ्यालु बढ्नेरहेछ,” उनी भन्छन्, “यो त्यस्तै सिनेमा हो । यो हाम्रो माटोको कथा हो । यस्तो सिनेमा विदेशमा बेच्न सजिलो हुन्छ । विदेशमा रुचाइन्छ । त्यसैले पनि यो सिनेमामा हामीले लगानी गरेका हौँ ।”

सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका छन् ।

निर्माता विनोद पौडेल, प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x