Todays Date: २०८३ जेष्ठ १७

१ करोड पटक हेरियो गायक कृष्ण बि.केको ‘राधा पियारी’

radha piyari

गायक कृष्ण बि.के र गायिका शान्ती श्री परियारको स्वरमा रहेको ‘राधा पियारी’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ। लक्षरा फिल्मस र एस आर जी होल्दिङ्ग्सको प्रस्तुतिमा तयार भएको यो प्रेरणादायी गीतलाई दर्शकले १ करोड पटक हेरेका छन ।

गीत आईतबारसम्ममा युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको छ भने ४ हजार माथी दर्शकले कमेन्ट गरेका छन। दुई महिनाअघि सार्वजनिक भएको यो गीतका केही हरफहरु टिकटकमा भाईरल भएका थिए। धेरैले यस गीतमा भिडियाे बनाएका थिए।

गायक बि.केले ‘राधा पियारी’लाई स्रोता–दर्शकले दिएको माया अनपेक्षित भएको प्रतिकृया दिएका छन। आफ्नो गीतलाई यति धेरै रुचाइदिएकोमा बि.केले यसको श्रेय स्रोता र दर्शक भएको भन्दै सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

गीत रिलिज गर्दा एक किसिमका अपेक्षा भएपनि यति धेरै चर्चाको आशा नगरेको उनको भनाई छ । आफ्नो गीत टिकटकमार्फत बढी भ्यूज गएको उनको बुझाइ छ ।

ओ.एस.आर डिजिटल युटउब च्यानलबाट सार्वजनिक गीतको भिडियाेमा सिने क्षेत्रका दुई कलाकारहरू पल शाह र मलिका महतले अभिनय गरेका छन। गीतको नाम ‘राधा पियारी’ भएपनि गीतको भिडियाेले सहकारी पीडितहरुको कथा बोल्छ जुन अहिलेको समसामयिक विषय पनि हो। देशभर छरिएर बसेका तमाम सहकारी पीडितलाई न्याय दिलाउन पहल गर्ने विषय नै ‘ राधा पियारी’ को मुल सार हो।

गीतमा कृष्ण बि.के स्वयंले शब्द तथा संगीत भरेका छन। जि.बि अग्रको निर्देशन रहेको गीतलाई नरेश बिबिसिले मिक्सिङ तथा मास्टरिङ गरेका छन। संजय विश्वकर्माले कोरियोग्राफी गरेको गीतको भिडियाेमा अर्जुन तिवारीको सिनेमाटाेग्राफी र सुपृम पराजुलीको सम्पादन रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x