News

भारतीय कमेडियन सुनिल ग्रोवर नेपालमा

468791515 1148625000017573 2597761658164463708 n
468791515 1148625000017573 2597761658164463708 n

भारतीय हास्य कलाकार तथा अभिनेता सुनिल ग्रोवर काठमाडौँ आएका छन्। उनी शुक्रबार काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा शुक्रबार आयोजना हुन लागेको विशेष कार्यक्रम ‘सुनिल ग्रोबर लाइभ इन नेपाल’ मा सहभागी हुन नेपाल आएका हुन्।

कार्यक्रमको आयोजक लिक्विड इन्टेलिजेन्सका अनुसार कार्यक्रममा सुनिल ग्रोबरले आफ्नो प्रस्तुति दिनुका साथै नेपाली सांगीतिक समूह कुटुम्बले पनि विशेष प्रस्तुति दिनेछ।

सुनिल ग्रोवर भारतका चर्चित हास्य कलाकार हुन्, जो ‘द कपिल शर्मा शो’ बाट अत्यधिक लोकप्रिय भएका थिए। उनी नेपालमा पनि निकै रुचाइएका कलाकार हुन्। उनले ‘गजनी’, ‘गब्बर इज ब्याक’, ‘कफी विथ डी’, ‘पटाखा’, ‘जवान’ र ‘बाघी’ जस्ता बलिउड चलचित्रहरूमा अभिनय गरेका छन्।

उक्त कार्यक्रमले नेपाल र भारतबीचको सांस्कृतिक आदान–प्रदानलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ। सुनिलका प्रशंसकहरूका लागि यो कार्यक्रम एक अविस्मरणीय अनुभव हुने विश्वास लिइएको छ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments