Todays Date: २०८३ जेष्ठ ११

‘कमेडी दरवार’मा हमला भएपछि विच्किए ऋषि धमला, ‘काजु जोक्स’ मा लाग्यो सेन्सर

rishi dhamala durbar square

सार्वजनिक भएको ४ दिनमै १० लाख भ्यूज बटुलेको कमेडी रियालिटी शो ‘कमेडी दरबार’को नयाँ एपिसोड सेन्सर भएको छ । यो शोको अतिथीमा प्राइम टेलिभिजनका प्रमुख ऋषि धमला र रंग पत्रकार प्रकाश सुवेदी पुगेका थिए ।

विशेषगरि, शोमा धमलामाथि बढी नै रोस्ट भएको थियो । कार्यक्रममा प्रस्तुत गरिएका केही बिषयमा धमलाको असन्तुष्टि देखिएको थियो । कार्यक्रममा पुग्दा निकै नै रमाइलो गर्ने धमलाले यसपटक भने आफूलाई खुल्ला रुपमा प्रस्तुत गर्न सकेका थिएनन् । शो हेर्दा पनि धेरै दर्शकले धमला खुल्न नसकेको महशुश गरेका थिए ।

शो प्रशारण हुनु भन्दा दुई दिन अगाडि अचानक प्राइम टीभीका केही कर्मचारी ‘कमेडी दरबार’को कार्यालयमा पुगेको वुझिएको छ । उनीहरुले ऋषि धमला अतिथि बनेर पुगेर शोमा केही काँटछाँट गर्नुपर्ने बताए । विशेषगरि, धमलाको चरित्रहत्या हुने गरि रोस्ट गरेको आरोप उनीहरुले लगाएका थिए ।

धमलाको बिषयमा गरिएको केही जोक्स काट्नुपर्ने उनीहरुको भनाई थियो । तर, शोको टिमले धेरै कुरा काट्न नमिल्ने बतायो । कुरा नमिलेपछि हिँडेको टिमले ओएसआर प्रतिनिधिसँग बसेर वार्ता गरेका थिए । शो वार्तापछि धमलामाथिका ५–६ वटा संवादमा कैँची लगाउने सहमति भयो ।

सहमतिपछि मात्र यो शो प्रशारणमा आएको बताइएको छ । यो शोमा विशेषगरि, धमलामाथि चर्को हमला भएको छ । धमला भने शोमा रमाइरहेका थिएनन् । तर, उनीमाथि गरेको व्यङ्ग्यमै दर्शकले बढी रमाइलो गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x