Todays Date: २०८३ बैशाख १०

नेपालसँगै विश्वभर ‘लाज शरणम्’

470075785 122171742902261292 8791545739016790695 n

सिरियल ‘सक्किगो नि’ समूहद्वारा निर्माण गरिएको नेपाली फिल्म ‘लाज शरणमको अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री भएको छ ।

शिवरात्रीको अवसर पारेर आगामी फागुन १४ गते प्रदर्शन गर्ने तयारी रहेको यो फिल्मको भारत बाहेकको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले खरिद गरेको हो ।

मंगलबार निर्माण कम्पनी जेपिटी क्रिएसनका तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार, सेभेन सिज इन्टरनेसनलले ‘लाज शरणम’लाई दुई चरणमा गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने योजना बनाएको छ ।

वितरक प्याट्रिक सुवेदीका अनुसार ‘लाज शरणम’ आगामी फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशहरूमा प्रदर्शन गरिने जानकारी दिए । कुन-कुन देशमा प्रदर्शन हुने भन्ने विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने सुवेदीले बताएका छन् ।

नेपालमा भने यो फिल्मको वितरण अधिकार ब्यांकटेस इन्टरटेनमेन्टले जिम्मा लिएको छ । फिल्ममा कुमार कट्टेल ‘जिग्री ब्रो’को निर्देशन छ ।

फिल्ममा विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामासँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहेको छ ।

नवीन श्रेष्ठ निर्माता रहेको फिल्ममा राम नरेश शाह र श्रीजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । फिल्ममा सुदीप बरालको छायांकन छ ।

‘लाज शरणम्’को प्रदर्शन मिति नजिकिँदै गर्दा यसको प्रचार-प्रसार तीव्र पारिएको छ । दर्शकहरूबीच यसले कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा उत्सुकता बढिरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x