Todays Date: २०८३ बैशाख १०

राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति तय

Narasimha avatar

८ वर्षपछि नेपाली अभिनेता क्षेत्रमा नायक राजेश हमालको कमब्याक गर्ने फिल्म ‘नरसिंहाः अवतार’ आगामी चैत्र २९ गते प्रदर्शन हुने भएको छ। फिल्मको निर्माण पक्ष र वितरण कम्पनीबीच भएको सहमति अनुसार यो मिति तय गरिएको हो। नयाँ वर्षको अवसरलाई लक्षित गर्दै यो मिति तय गरिएको निर्माणपक्षले जनाएको छ।

दिवाकर भट्टराईले लेखन र निर्देशन गरेको यस फिल्मले नेपाली फिल्मप्रेमीमाझ ठूलो अपेक्षा जगाएको छ। यस फिल्ममा राजेश हमालको साथमा राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार लगायतका कलाकारले अभिनय गरेका छन्। यसका साथै, फिल्ममा नीर शाह, सरोज खनाल, राजीव मानन्धर, सुशान्त श्रेष्ठ, उषा खड्गी, राजीव जंग बस्नेत लगायतका कलाकारको अभिनय छ।

फिल्मका निर्माता नेम महर्जन, दीपक शर्मा ढकाल, ध्रुव न्यौपाने र नरेन्द्र महर्जन हुन्।

देशभरका हलहरूमा फिल्मको वितरण एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्ने भएका छन्।

राजेश हमालको कमब्याक फिल्मको रूपमा चर्चा भएको ‘नरसिंहाः अवतार’को प्रदर्शनले नेपाली फिल्म क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x