छवि ओझा र शिल्पा पोखरेलको सम्बन्ध टुंगियो, घर शिल्पालाई दिएर डेरामा सरे छवि

चर्चित फिल्म निर्माता छवि ओझा र उनकी चौथो श्रीमती शिल्पा पोखरेलबीचको सम्बन्ध अन्ततः टुंगिएको छ। काठमाडौंको गौरिघाटस्थित पाँच आना क्षेत्रफलमा बनेको साढे दुईतले घर शिल्पालाई दिएर छविले सम्बन्ध अन्त्य गरेका हुन्।
सम्बन्ध टुंगिएसँगै छवि ओझा डेरामा बस्न सरेका छन्। शिल्पा पोखरेल र छवि ओझाले २०७३ साल असार २९ गते गोप्य विवाह गरेका थिए। विवाहअघि प्रेमी प्रेमिकाको सम्बन्धमा रहेका उनीहरू केही समय लिभिङ टुगेदरमा पनि बसेका थिए।
छवि ओझाभन्दा ३० वर्ष कान्छी शिल्पा पोखरेल छविकी चौथो श्रीमती हुन्। छविले यसअघि हिमा, गीताञ्जली सुनुवार र रेखा थापासँग विवाह गरेका थिए।
छवि र शिल्पाबीचको विवादले लामो समयदेखि सामाजिक सञ्जाल र मिडियामा चर्चा पाइरहेको थियो। अन्ततः घर शिल्पाको नाममा दिने सहमतिसँगै उनीहरूको मानाचामलको मुद्दाले किनारा पाएको हो।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।