Todays Date: २०८३ बैशाख १७

विजय बरालले ‘पूर्ण बहादुरको सारङ्गी’ बाट करोडको नाफा बटुल्ने

purna bahadur ko sarangi bijay baral 1

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले बक्स अफिसमा ऐतिहासिक रेकर्ड कायम गरेसँगै कलाकार विजय बरालले ठुलो नाफा बटुल्ने भएका छन्। यस फिल्ममा विजयले नाफाको ५ प्रतिशतमा काम गरेका थिए।

फिल्मको उत्कृष्ट व्यापारले गर्दा विजयले मात्रै ९० लाखदेखि १ करोडसम्मको रकम हात पार्ने पक्का भएको छ। यो कुराको पुष्टि फिल्मका निर्माता विनोद पौडेलले गरेका छन्। उनले केही साताभित्र विजयलाई उक्त रकम हस्तान्तरण गरिने जानकारी दिएका छन्।

तर, फिल्म निर्माण टिममा असमझदारीका कारण केही समस्या उत्पन्न भएको थियो। अहिले समस्या समाधान भइसकेको र वितरकबाट निर्माताको खातामा छिट्टै पैसा भित्रिने तयारी रहेको बुझिएको छ।

यो फिल्मले बक्स अफिसमा करिब ५० करोडको ग्रस कलेक्शन गरेको थियो। यसबाट निर्माताले १८ देखि १९ करोडसम्मको नाफा कमाउने आँकलन गरिएको छ। विजयले त्यही नाफाको ५ प्रतिशत हिस्सा पाउनेछन्।

नेपालमा स्टार कलाकारहरूले नाफाको प्रतिशतमा काम गर्न अनिच्छा देखाउने परिपाटी छ। धेरैजसो कलाकारहरूले निश्चित पारिश्रमिकमै मात्र चित्त बुझाउँछन्। तर, विजयले नाफाको आधारमा काम गरेर राम्रो परिणाम प्राप्त गरेका छन्।

सरोज पौडेलको निर्देशनमा बनेको यो फिल्ममा विजय बरालसँगै मुकुन भुसाल, प्रकाश सपुत, अन्जना बराइलीलगायतका कलाकारहरूको अभिनय छ। फिल्मले आफ्नो प्रस्तुति र कथावस्तुका कारण दर्शकको मन जित्न सफल भएको छ।

‘पूर्ण बहादुरको सारङ्गी’ नेपाली फिल्म उद्योगका लागि ऐतिहासिक र उदाहरणीय बन्न पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x