Todays Date: २०८३ बैशाख १७

उद्योगपति शेखर गोल्छा फिल्म निर्माणमा, ‘परान’मा नीर शाहसहितका कलाकार

473103459 1253721265720693 5297534257822204542 n e1737547932133

चर्चित टेलिभिजन श्रृंखला ‘सक्किगोनि’का लोकप्रिय कलाकार दीपकप्रसाद आचार्य ‘काकु’ले आफ्नो निर्देशन यात्रा सुरु गर्दै फिचर फिल्म ‘परान’ निर्माण गर्ने भएका छन्। बुधबार आयोजित विशेष कार्यक्रममार्फत फिल्मको औपचारिक रुपमा निर्माण घोषणा गरियो।

फिल्मको प्रमुख भूमिकामा बरिष्ठ कलाकार नीर शाह रहनेछन्। शाहको साथमा मदनकृष्ण श्रेष्ठ, सुभाष गजुरेल, पूजा चन्द, अञ्जना बराइली र केकी अधिकारी पनि फिल्ममा देखिनेछन्।

यो फिल्ममा अभिनेता प्रविण खतिवडा, महेश त्रिपाठी, बुद्धी तामाङ, यमन श्रेष्ठ लगायत आर्यदीप आचार्य (निर्देशकका कान्छा छोरा) बाल कलाकारको भूमिकामा देखिनेछन्।

फिल्म ‘परान’को निर्माता प्रिज्मा एडभर्टाइजिङका प्रमुख रन्जित आचार्य र व्यवसायी शेखर गोल्छा हुन्।

फिल्मको छायांकन फागुनको पहिलो साताबाट धनकुटामा सुरु हुने जनाइएको छ।

फिल्म घोषणा कार्यक्रममा महानायक राजेश हमाल, बरिष्ठ हास्य कलाकार हरिबंश आचार्य, दीपाश्री निरौला, निशा अधिकारी, दिनेश डिसी, अशोक शर्मा, कृष्ण मल्ल लगायत थुप्रै चर्चित व्यक्तित्वको उपस्थिति रहेको थियो।

फिल्म निर्माणको उद्देश्यबारे जानकारी दिँदै निर्देशक आचार्यले ‘परान’ नेपाली समाजको कथा र संवेदनालाई समेट्ने प्रयासमा आधारित हुने बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x