Todays Date: २०८३ जेष्ठ ११

‘हरिबहादुरको जुत्ता’को २९ दिनमा इन्डक्ल्याप

haribadhur

दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म’हरिबहादुरको जुत्ता’ को छायांकन सकिएको छ । २९ दिन लगाएर फिल्मको सम्पूर्ण छायांकन (गीत बाहेक) सम्पन्न भएको हो ।

फिल्मका परिकल्पनाकार तथा प्रमुख अभिनेता हरिवंश आचार्यले सहज रुपमा छायांकन सम्पन्न भएको जानकारी दिए ।

हरिवंश भन्छन्, ‘निर्देशक दिपेन्द्र के खनालको नेतृत्वमा हाम्रो टिमले एकदम सहज ढंगले छायांकन सम्पन गर्यौ । हाम्रो टिम एकदम राम्रो बन्यो । सम्पूर्ण कलाकार र प्रविधिकको सहज वातावरणले चाडै छायांकन सम्पन्न गर्न सफल हुन् पुग्यौ ।’

उनले गीतहरुको पार्ट पनि सहज रुपमा चाडै छायांकनको काम सम्पन्न हुने विश्वास राखेका छन् । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सरोज ओली र मोहित बंश आचार्य निर्माताको रुपमा रहेका छन् ।

फिल्ममा हरिबंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, राजाराम पौडेल ,किरण केसि, हरिहर शर्मा, पार्वति अधिकारी , दिब्यदेब पन्त , तारा शर्मा , दिनेश काफ्ले, सिता न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्म दशैको फूलपातीमा नै रिलिज हुने निर्माता सरोज ओलीले जानकारी दिएका छन् । उनले सम्पूर्ण काम सकेर दशैको फूलपातीमा नै रिलिज हुने बताएका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x